मकवानपुरगढी गाउँपालिकामा १५ शैयाको अस्पतालको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

संघीय सरकारको अनुदान रकममा ठेक्का लगाइएको अस्पतालको भवन वडा नम्बर–६ डुम्रेकुनामा निर्माणको काम अन्तिम चरणमा पुगेको हो।

निर्माणका केही कामहरु मात्र बाँकी रहेको र तत्कालै सम्पन्न हुने गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानले बताए ।

सुन्दर नेपाल जेभिसंग गाउँपालिका कार्यालयले संझौता गरेर निर्माणको काम भइरहेको हो भने करिब ६ करोड ५० लाख रुपैया लागतमा निर्माण सुरु गरिएको हो ।
अस्पताल भवन निर्माणका सबै काम सकेपछी स्वास्थ्य सेवा दिनेगरी काम सुरु गर्ने तयारी गाउँपालिका कार्यालयले गरेको छ।