बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनी मन्त्रालय तथा जिल्ला ट्रफिक प्रहरी कार्यालय मकवानपुरको अयोजनामा अटो तथा मयुरी चालकहरुका लागि अनुशिक्षण कार्यक्रम गरिएको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडामा सञ्चालित मयुरी चालकहरुका लागि गरिएको कार्यक्रममा जिल्ला ट्रफिक प्रहरी कार्यालय मकवानपुरका ट्राफिक प्रहरी प्रमुख वसन्त अचार्यले प्रशिक्षण दिएका हुन् ।

कर्यक्रममा बोल्नु हुँदै जिल्ला ट्रफिक प्रमुख आचार्यले अटो र मयुरी चालकले नो पारकिङमा राख्न नहुने , ओभर ट्याक गर्दा अपनउनपर्ने सावधानी र नियमको पालना, कागजात अनुसार यात्रु राख्नुपर्ने, अनुमती पत्र बिना सवारी चलाउन नपाइने र कानुनी कार्वहाही, रुड परमिड नलिई सवारी चलाउन नपाइने समेत जानकारी दिएका थिए ।

मकवानपुर जिल्लामा रहेको अटो मयुरी, सुमो, म्याजिक चालहरुलाइ ट्रफिक नियम सम्बन्धी सचेतना मुलक पशिक्षण दिने उदेश्यले कर्यक्रम सञ्चालन गरेको बताए ।

ट्रफिक प्रमुख आचार्यले बताए अनुसार असार १ गते देखि मापसे गरेर सवारी सधन चलाएमा कडा कार्वही गरिने र सवारी चालकहरुले मापसे सम्बन्धी कक्षा लिनुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै बिभिन्न कार्वही गरिउको जानकारी दिदै सवारी चालकहरुलाइ कारबाही गरेर गत आर्थिक बर्षमा करिब २८ लाख ४३ हजार र यस बर्षको जेठ महिना सम्म ५१ लाख राज्स्व संकलन गरिएको छ ।

बढदो सवारी दुर्घटना न्युनीकरण गर्नका लागि प्रहरीको मात्र नभइ हरेक नागरिकको दायित्व रहेकाले कानुन र प्रक्रिया विपरित कार्य नगर्न आचार्यले आग्रह गरे ।
उक्त कार्यक्रममा, हेटौंडा उपमहानगर भित्र रहेका अटो तथा मयुरीको संगठनका पदाधिकारी, अटो तथा मयुरीचालकहरुको सहभागिता रहेको थियो ।