रोशन दिप – सर्वोच्च अदालतमा प्रधान न्यायाधीशको नियुक्ति र न्यायालयमा सुधारको माग गर्दै कानुन व्यवसायीले प्रदर्शन गरेका छन् ।

उच्च अदालत बार एशोशिएसन, हेटौंडा ईकाईले संयुक्तरुपमा उच्च अदालत पाटन हेटौंडा इजलास र मकवानपुर जिल्ला अदालत परिसरमा मंगलबार प्रदर्शन गरेका हुन् ।

कानुन व्यवसायीका माग उल्लेखित व्यानर र प्लेकार्ड सहित कानुन व्यवसायीले मंगलबार बिहान ११ बजेदेखि १२ बजेसम्म प्रदर्शन गरेको थिए ।

कानुन व्यवसायीले न्यायालयमा रहेको भ्रष्ट्राचार, विसंगतिको अन्त्यका लागी प्रदर्शन गरेको जनाएका छन् ।

स्वतन्त्र न्यायपालिकाको रक्षा गर्नुपर्ने, न्यायालय भित्रको भ्रष्ट्राचार, विकृति, विसंगति अन्त्य हुनुपर्ने, पूर्ण स्वचालित पेसी व्यवस्थापन प्रणाली लागु गरेर प्रधान न्यायाधीश नियुक्त गर्नुपर्ने अदालतमा रिक्त रहेको न्यायाधीश यथाशिघ्र नियुक्त  कानुन संवैधानिक परिषद् बैठक अबिलम्ब बोलाउन र संसदीय सुनुवाई समिति गठनको माग लगायतका विषय उठान गरेका हुन्।

कानुन व्यवसायीले देशव्यापी आन्दोलन रहेको र पहिलो चरण एक साताका लागि जारी राख्ने बताएका हुन् ।