स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेड हेटौंडा शाखाको वित्तिय साक्षरता तथा ११औँ वार्षिक केन्द्र भेला सम्पन्न भएको छ।

संस्थाका केन्द्रिय कार्यकारी अधिकृत मनोजकृष्ण उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सदस्य दिदि बहिनीहरुलाई स्वरोजगार र उद्यमी बनाउन लगानी गरेको ऋणका बारेमा कांहा र कसरी लगानी गरिन्छ भन्ने विषयमा जानकारी गराइएको हो ।

नेपाल राष्ट्रि वाणिज्य बैँकको नियमन अनुसार नै संस्था चलेको बताउदै ऋण लगानी गर्ने मात्र नभएर  संस्थाले विभिन्न सिपमुलक तालिम दिदै आइरहेको बताईएको हो ।

सोही क्रममा माग अनुसार अन्य तालिमको व्यवस्था समेत गरिने जानकारी गराइएको थियो ।

ऋण लिएर उद्यमी हुने सदस्यहरुले व्याज दरमा कम गर्नुपर्ने ऋणलगानी बढाई सहज गर्नुपर्ने सदस्यहरुको गुनासो थियो ।

कार्यक्रममाक्रममा हेटौंडाका केन्द्रलाई समुहको अनुसासनको कदर गर्दै १० वटा केन्द्रलाई पुरस्कार प्रदान गरिएको थियो ।
यसैे विच बालिकाहरुले नृत्य र कविता प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा हेटौंडा शाखा प्रमुख सुसन जोशी, कर्जा विभाग प्रमुख क्षेत्र नं ३ र ४का प्रािनिधि मधुसुदन अधिकारी, जोखिम व्यवस्थापन बिभाग प्रमुख क्षेत्र नं २ का प्रतिनिधित्व मधुसुदन पन्त, केन्द्रिय कार्यालयका ४,५,६ प्रतिनिधित्व सरोज पौडेल, प्रदेश २ का अनुगमन अधिकृत राम प्रकाश शाह लगायतको आतिथ्यता रहेको थियो।