बागमती प्रदेशको राजधानी हेटौंडामा मंगलबारदेखि  सुरु भएको अल नेपाल नोभिस बक्सिङ प्रतियोगितामा
बुधबार भएको ६३.५ केजी तौल प्रतिस्पर्धामा मकवानपुरका सोहन राई विजयी भएका छन् । उनले कास्कीका प्रतिद्धन्दी शिव सिलवाललाई पराजित गरेका हुन् ।

बुधबार भएको ५७ केजी तौल समूहमा पनि मकवानपुरका अभिषेक राना मगर विजयी भएका छन् । उनले सल्यानका प्रतिद्धन्दी केशवराज गिरीलाई पराजित गरेका हुन् ।

मकवानपुर जिल्ला बक्सिङ संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा उक्त प्रतियोगिता हेटौंडा–४, परिजातपथमा रहेको कभर्ड हलमा भएको खेल जारी छ ।

फाल्गुन ३० गतेबाट शुरु गरिएको हो भने खेल चैत ४ गते समापन हुने छ । करिव ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन मंगलबार बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गरेकी हुन् ।

प्रतियोगिताको उद्घाटनमा नेपाल बक्सिङ संघका महासचिव सविन भट्टचार्य, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगरपालिकाका निवर्तमान मेयर हरिबहादुर महत, हेटौंडा ४ नम्वर वडा अध्यक्ष नवीन सिग्देल लगायतको उपस्थिति रहेको थियो ।