साहित्य संगम मकवानपुरको नियमित साहित्य सन्ध्यामा मकवानपुरका कवि बैकुण्ठ लामिछानेका एकल कविता वाचन भएको छ ।

संगमद्धारा आयोजित ३२८औँ साहित्य सन्ध्यामा कवि लामिछानेका एकल कविता वाचन भएको हो ।

विकृति र विसंगती विरुद्ध बोलिरहेका ‘अंकगणितको हत्या’, ‘लाशको सेल्फी’, ‘चियाको सुन्दरता’, ‘राइस किलर अर्थात् गणतन्त्रको झट्केलो’ र ‘काँचा मासुका बुख्याँचाहरू’, ‘भुइँ मान्छे र तन्त्रवादका स्वघोषित देवताहरू’ गरी ६ कविता वाचन गरेका हुन् ।

संगमका उपाध्यक्ष सानु खनालको सभाध्यक्ष र गीतकार तुल्सी घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यिक व्यक्तित्वहरुले आ–आफ्नो साहित्यिक सृजना प्रस्तुत गरेका थिए ।

संगमका सचिव डिबी बर्तौलाले कार्यक्रमको सहजीकरण गरेका थिए भने सर्जक सञ्जाल‌ मकवानपुरका संयोजक निमेष निखिल, साहित्यसेवी मुक्तीगोविन्द वैद्य, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

 

तस्विर दर्शन फोटोग्राफी