जिल्ला प्रहरी मकवानपुरले अमेरिकी डलर सहित पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
अमेरिकी डलर देखाएर ठगी गरेको आरोपमा पक्राउ परेका ४ जनालाई बिहिबार प्रहरीले सार्वजनिक गरेको हो ।
बुधबार दिउँसो विशेष सूचनाको आधारमा हेटौंडा १७ सालकपार्कबाट पक्राउ पर्नेहरुको साथबाट ३ वटा मोटरसाइकल, अमेरिकी डलर १ हजार ७४१ र नेपाली ६ हजार २१० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको हो ।
घट्ना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्