बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकामा रहेकोको सरकारी अस्पतालमा १ सय वर्षिय वृद्धको सफल अप्रेशन गरिएको छ ।
मदन भण्डारी विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा दिनहु सेवा सु्बिधा विस्तार भएसंगै मधेश प्रदेशको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १४ का १ सय वर्षिय वृद्ध बालकृष्ण जमरकटेलको सफल सफल अप्रेशन भएको हो ।
हेटौंडा अस्पताल का मेसु अर्थोपेटिक डा. रामचन्द्र सापकोटाको नेतृत्वमा डा. रविराज देवकोटा, डा.आषुतोस दाश र डा.कृष्ण कँडेलले सल्यक्रिया गरेका हुन्।
यसै विषयमा डा. देवकोटाले वृद्धको हकमा अप्रेशन गरेपनि नगरेपनि चुनौतीनै देखिएकाले रिक्स लिएको बताउछन् ।
यसमा डा. सापकोटाको नेतृत्वमा रहेर आफु र डा.आषुतोस डा.कृष्णको निकै संघर्ष रहेको बताए ।
अप्रेशनमा एनएस थेसिया सुवास बाबु लामिछाने र इश्वर सिलवाल सहितको निकै महत्वपुर्ण भुमिका रहेको बताए।
यसै क्रममा बालकृष्णका छोरा राजेन्द्र जमरकटेलले खुसि व्यक्त गरेका छन् ।


आफु विरगञ्जको नजिकै हुंदापनि हेटौंडा अस्पताल उत्कृष्ट बनिरहेको सुनेका कारण नै बुवालाई लिएर आएको बताए ।
बुवाले खसी बाख्रा धपाउने क्रममा लडेको र उपचारमा ल्याएपछि कम्मरको दाहिने भागमा भाँचिएको जानकारी पाएको बताए ।
उपचारमा अप्रेशन गर्नुपर्ने डा. द्धारा जानकारी आएपछि धेरैले भरतपुर र काठमाडौं लैजाने सल्लाह दिएपनि हेटौंडा अस्पतालमा डा.को सल्लाह मानेर उपचार गराउन राखेपछि गरिएको अप्रेशन सफल भएको बताए ।
आफुले सुनेको भन्दापनि सेवा अतिनै राम्रो भएको उल्लेख गर्दै अस्पातालमा कार्यरत र अप्रेशन युनिटमा भन्यवाद दिए ।
बिगतको तुलना गर्नेहो भने अस्पतालमा दिनहुं सेवाहरु थप हुदै गएरहेको छ ।
१ सय वर्षिय वृद्ध बालकृष्णको अप्रेशनले हेटौंडा अस्पताल उत्कृष्ट बनिरहेको दावी गर्न सकिन्छ ।














प्रतिक्रिया दिनुहोस्