लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत लैंगिक हिंसा न्यूनीकरणमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा सभ्य समाजको पहिचान लैंगिक हिंसा विरुद्धको अभियानको नारा सहित ७४ औं मानव अधिाकार दिवसको अवसरमा हेटौडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको नागरिक संवाद केन्द्रको हलमा अन्तर संवाद गरिएको हो।
नेपाल मानव अधिकार संगठन मकवानपुर, नेपाल कानुन समाजको अभिन्न अङ्ग मानिने नागरिक संवाद केन्द्र बागमती प्रदेश कार्यालय हेटौंडा, लायन्स क्लव अफ हेटौंडा, एम्नेष्टि इन्टरनेशनल नेपाल हेटौंडा समुह ६७ को आयोजनामा अन्तर संवाद भएको हो ।
एम्नेष्टि इन्टरनेशनल नेपाल हेटौंडा संयोजक हेमन्त ढुङ्गेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख विष्णु कुमारी लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग ्र बागमती प्रदेश कार्यालय प्रतिनिधि रेवा रेग्मी, नेपाल मानव अधिकार संगठन बागमती प्रदेश अध्यक्ष अप्सरा बस्नेत, नेपाल मानव अधिकार संगठन मकवानपुर अध्यक्ष शर्मिला श्रेष्ठ जिल्ला प्रहरी कार्यालय प्रहरी निरिक्षक चुडा कुमारी खड्का फ्रेण्ड्स हेटौंडा संयोजक किरण थापा लगायतअधिकारकर्मीको उपस्थिति रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्