नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध बिरोध प्रदर्शन गरेको छ ।

सरकारको नेतृत्वका प्रधानमन्त्रीप्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न गठबन्धनमा दबाब बढाइरहे भन्दै एकीकृत समाजवादीले विरोधको कार्यक्रम देशभर सुरु गरेको हो ।

यसैक्रममा नेकपा एकीकृत समाजवादीमा आबद्ध जनवर्गीय संगठनहरुको आयोजनामा आइतबार हेटौंडामा पनि प्रदर्शन भएको हो ।

मुख्यचोक सीमाचोकमा एमसीसीविरुद्ध प्रदर्शन भएको हो । हेटौंडाको ४ स्थित शितलमहल चोकबाट र्याली सहितको प्रदर्शन नगर परिक्रमा गर्दे सिमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज ललित बस्नेत, पार्टी केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य मुनु सिग्देल, पार्टी मकवानपुर अध्यक्ष श्रीधर पाख्रेल, सचिव विष्णुप्रसाद दाहाल ,अनेरास्ववियुका नेता आकाश अधिकारी, युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य कविन पन्त, अनेरास्ववियुका केन्द्रीय उपमहासचिव किशोर टण्डन लगायतको उपस्थिति थियो ।

उपस्थितहरुले बोल्दै एमसीसी कुनै हालतमा स्वीकार गर्न नसकिने र (एमसीसी) खारेज हुनुपर्ने यदि विषयमा मुलुकलाई घात हुने सम्झौता गरि सहि निर्णय नलिएमा आफूहरु आन्दोलित भइराख्ने चेतावनी दिएका थिए ।