हेटौंडा उपमहानगरपालिका ४ स्थित हेटौंडा क्याम्पसमा परीक्षा दिन आएका छात्रामाथि दुर्व्यवहार गरेको घटनाको क्याम्पसले क्षमा मग्दै आगामी दिनमा सच्चिने प्रतिवद्धता सहित ४ बुदे सहमती भएको छ ।
मंगलबार मकवानपुर बहुमुखी क्याम्पसबाट हेटौंडा क्याम्पसमा बिएड दोस्रो वर्षको परीक्षा दिन आउदा चिट ल्याएको भन्दै छात्राहरुको क्याम्पसमा कार्यरत कर्मचारीले भित्री कपडा समेत खोल्न लगाएको आरोप लागाइयो भन्दै बिद्यार्थीहरुले नारावाजी गर्दै क्याम्पसमा पुगेका थिए ।
बिभिन्न निकायका व्यक्तीत्व, राजनितिज्ञ, क्याम्पस प्रमुख, प्रसासन पिडित पक्षको अभिभावक लगायतले घटनाको सत्यतथ्य छानबिन गर्न र दोषी उपर सजायको माग गर्दै छलफल चल्दै गर्दा पिडितलाई न्याय चाहियो भन्दे आक्रोसित बिद्यार्थीहरुले ढुङ्गा प्रहार गरेका थिए ।
घटनाको समाधानका लागि विद्यार्थी संगठनसहित राजनीतिक दल र क्याम्पस प्रशासनबीच वार्ता चलिरहेकै बेलामा ढुङ्गा प्रहार भएको हो ।
क्याम्पसको भवनको सिसाहरु फुटेका छन् । ढुङ्गा प्रहारबाट २ जना प्रहरी समेत घाइते भएका छन् । ४ जनालाई प्रहरीले नियन्त्रणमा पनि लिएको थियो ।
मथिल्लो तल्लामा बसेर छलफलकै क्रममा कार्यलयको झ्यालका सिसाहरु फुटेका छन् भने ढुङ्गा प्रहारका कारण छलफलनै बिथोलिएको थियो ।
बिद्यार्थीलाई चिट ल्याएको भन्दै गरिएको अभद्र व्यवहारप्रति बिद्यार्थी संगठन, बिद्यार्थी नेता तथा शिक्षक संगठनहरु विच भएको छलफलपछि सहमती भएको हो ।
………………..
सहमति सम्बन्धमा
जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं.४ स्थित हेटौंडा क्याम्पस हेटौंडामा त्रि.वि. अन्तर्गत स्नातक दोस्रो वर्षको बाह्य परीक्षा सञ्चालनका क्रममा मिति २०७९/०४/०३ गतेका दिन परीक्षार्थीहरु परीक्षा हलमा प्रवेश गर्ने क्रममा चेकजाँच गर्दा गोपनीयता हनन हुने गरी चेकजाँच गरिएको र परीक्षार्थीलाई मानसिक तनाव दिइएको भनी पीडित परीक्षार्थीबाट छानविन गरी न्याय पाऊँ भनी माग भइआएकोले आज मिति २०७९/०४/०४ गते हेटौंडा क्याम्पस हेटौंडामा क्याम्पस सञ्चालक समितिका पदाधिकारी, क्याम्पस प्रशासन, क्रियाशील विद्यार्थी सङ्गठनका प्रतिनिधिहरु, पीडित परीक्षार्थी, अभिभावक, पत्रकार, आरोपित कर्मचारीहरुको संयुक्त बैठकबाट गहन छलफल गरी तपसिलबमोजिमको सहमति गरिएको छ ।
तपसिल
1. मिति २०७९/०४/०३ गतेकी परीक्षामा परीक्षार्थी चेकजाँचमा संलग्न कार्यालय सहयोगी २ (दुई जना) लाई त्रि.वि. लगायतका कुनै परीक्षामा सहभागी हुन नपाउने गरी आजकै मितिबाट निलम्बन गरिनेछ ।
2.यस परीक्षा केन्द्रमा विभिन्न परीक्षाहरु सञ्चालनका क्रममा देखिएका कमजोरीप्रति दुःख व्यक्त गर्दै क्याम्पस प्रशासन क्षमाशील हुँदै आगामी दिनहरुमा हुने परीक्षा व्यवस्थित, भयरहित र सौहार्दपूर्ण वातावरणमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।
3.क्याम्पसको नियमित पठनपाठन, परीक्षा लगायतका कार्यक्रम शान्तिपूर्ण एवं सहज वातावरणमा सञ्चालन गर्न/गराउन सहयोग पाइनेछ।
4.विभिन्न परीक्षामा सहभागी कर्मचारीहरुबाट परीक्षार्थीहरुमाथि अभद्र व्यवहारहरु भएको भन्ने गनासोउपर सत्यतथ्य छानबिन गरी क्याम्पस सञ्चालक समितिसमक्ष कारबाहीका लागि सिफारिस गर्न तीन दिनभित्र प्रतिवेदन पेश गर्ने गरी तपसिल बमोजिमको छानबिन समिति गठन गरिएको छ
क. संयोजक डा.देवचन्द्र मानन्धर (क्याम्पस प्रमुख)
ख. सदस्य किसन घिसिङ्ग (विद्यार्थी सङ्गठन प्रतिनिधि)
ग. सदस्य राज खतिवडा (विद्यार्थी सङ्गठन प्रतिनिधि)
घ. सदस्य । दिनेश सुवेदी (विद्यार्थी सङ्गठन प्रतिनिधि)
ङ. सदस्य अरुण बौला (विद्यार्थी सङ्गठन प्रतिनिधि)
च. सदस्य ललित घलान (विद्यार्थी सङ्गठन प्रतिनिधि)
छ. सदस्य (अभिभावक)















प्रतिक्रिया दिनुहोस्