मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज मनमा निराशा र शरीरमा आलस्य आउला । व्यापार र व्यवसायमा मन्दी आउनेछ । स्वास्थ्य प्रति बढी सचेत रहनु पर्छ ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
रोजगारको अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । पढाइमा पनि प्रगति हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज विशेषगरी अतिथिको रूपमा सत्कार पाइएला । आफन्तले आश्वासन र सहयोग गर्नेछन् । व्यवसायको सन्दर्भमा योजना बन्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
जोशजाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । नयाँ अवसर आउनाले मन पनि प्रसन्न रहनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । केही मालसामान हराउन पनि सक्छ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज कुनै कुराले मनमा शान्ति छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । शत्रु क्षय पनि होलान् ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । प्रेमीको सहयोग पनि पाइनेछ ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज गरेको कामबाट सफलता मिल्नेछ । परिवार सँग रमाइलो भेटघाट रहला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज वाक्चातुर्यले कार्य सिद्ध हुनेछ । शुभ समाचार सुन्न पाइएला । ब्यापार व्यवसायबाट बिस्तारै सफलता र आम्दानी पनि बढ्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । नयाँ काम सुरु गर्न सकिनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज शुभारम्भको चर्चा चल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्ला । धनार्जनका नयाँ अवसर र स्रोतहरू पनि पत्ता लाग्नेछन् ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आफन्तको सहयोग प्राप्त मिल्नेछ । कूटनीतिक कार्यमा सफलता मिल्ला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । धार्मिक यात्राको योग पनि छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । –साभारः हाम्रो पात्रो