उसु तर्फको प्रतियोगिताको क्रममा खिचिएको तस्बीर । फाइल तस्बीर ।

हेटौंडा । बागमती प्रदेश खेलकुद विकास परिषद्, बागमतीको आयोजनामा भएको १५ औं संस्करणको प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा मकवानपुरले १५ पदक जितेको छ । दोलखा जिल्लाको भीमेश्वर नगरपालिकास्थित चरिकोटमा शनिबार सुरु भएर सोमबार सम्पन्न भएको प्रतियोगितामा मकवानपुरले १५ वटा पदक जितेको छ ।

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत तेक्वान्दो, कराँते, उसु, कब्ड्डी र एथ्लेटिक्स लगायतको खेलहरुमा सहभागी भएर १५ पदक जितेको मकवानपुर यस वर्षको राष्ट्रपति रनिङ्ग शिल्डमा चौंथो स्थानमा परेको हो । मकवानपुरले ४ वटा स्वर्ण पदक, ७ वटा रजत पदक र ४ वटा काँस्यदपदक जितेको बताइएकोे छ । उसु, कराँते, तेक्वान्दो, कब्ड्डी र एथ्लेटिक्स दोलखामा भएको थियो भने उसु काठमाडौं महानगरपालिकाको दश्रथ रंगशालामा सञ्चालन भएको थियो ।