रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिका वडा नं ८ कमाने स्थित चन्द्रोदय स्कुलको खेलमैदानमा  (U-60Kg) 8A side नक आउट फुटबल प्रतियोगिता सुरु भएको छ।

शनिबार सुरु भएको पहिलो खेलमा ॐ नगर र कर्णावती बिच भएको खेलमा कर्णावतीले ॐ नगरलाई ४ -० गोल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा ८ नम्बर वडा खेलकुद समिती अध्यक्ष उमेश थापा मगरको अतिथ्यतामा सम्पन्न भएको हो । अतिथीमा कर्णावती टो।वि। उपाध्यक्ष कृष्ण हरी चौलागाईं, ७ नम्बर वडा सदस्य दिनेश थापा मगर रहेका थिए भने  कर्णावती टो।वि। अध्यक्ष सुबास दाहाल, हरियाली स्थायी पोस्टका A.S.I., चन्द्रोदय स्कुल प्रधानाध्यापक जीवन ढकालको उपस्थिति थियो।

त्यसै गरी भोलि पुष २९ गते आइतबार ३ वटा खेल हुनेछ। पहिलो खेल बिहान ७ बजे कालिकामाई र लेभल अप मकवानपुर बिच हुनेछ भने दोस्रो खेल दिउँसो १ बजे सिमपानी र समाज कल्याण बिच तथा तेस्रो खेल दिउँसो ३ बजे बिकास टोल र देवनगर एफसी बिच हुने छ।

कर्णावती युवा क्लबको आयोजनामा भएको (U-60Kg) 8A side नक आउट फुटबल प्रतियोगितामा १५ वटा टोलीको सहभागी छन् । प्रतियोगिताको उपाधि विजेता हुने टिमले नगद ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेता हुने टिमले नगद १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएका छन् ।