हेटौँडा – मकवानपुर जिल्लाको दोश्रो ठुलो क्यामपसको रुपमा परिचित हेटौँडा क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै बिजय भएको छ । अनेरास्ववियुले सभापति सहित आफ्नो प्यानलले नै जित हाँसिल गरेको छ । सभापतिका उम्मेदवार अभि मैनालीले २ सय ९० मत प्राप्त गरीरहदाँ नेपाल विद्यार्थी संघका राजिव फुँयालले १ सय ८५ मत प्राप्त गरेका थिए । त्यसैगरी मैनाली प्यानलबाट सचिवमा अन्जान खडका, कोषाध्यक्षमा अविना थापा सहित सदस्यहरुमा रञ्जीता फुँयाल, तिलकबहादुर पाख्रीन, , भरतमोहन देवकोटा, नविनकुमार चौधरी र गणेश तिमल्सिना विजयी भएका छन ।
यो सँगै हेटौँडा क्याम्पसमा अनेरास्ववियुले लगातार चौथो पटक स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा जित हाँसिल गर्दै आइरहेको छ। हेटौँडा क्याम्पसमा स्ववियु स्थापनाकालबाटै सभापतिमा अनेरास्ववियुले जित दर्ता गर्दै आएको छ ।























प्रतिक्रिया दिनुहोस्