Rato Samachar
Tue, 29 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

सहरको सुन्दरताका लागि होडिङ बोर्ड हटाइँदै

बागलुङ नगरपालिकाले प्रवेशद्वार नै कुरुप हुनेगरी राखिएका विज्ञापनका होडिङ बोर्ड हटाउन सुरु गरेको छ । जिल्लाको मुख्य प्रवेशद्वार वडा नं १ को मालढुङ्गा र कालिका भगवती मन्दिर वरपर राखिएका होडिङबोर्ड हटाउन सुरु गरिएको हो । नगरपालिकाले सहरको सुन्दरताका लागि भन्दै त्यस्ता होडिङबोर्ड हटाउन थालेको वडा नं १ का अध्यक्ष जयबहादुर केसीले बताउनुभयो । उहाँकै संयोजकत्वमा बनेको ‘विज्ञापन होडिङ बोर्ड’ व्यवस्थापन समितिले मालढुङ्गामा रहेका बोर्ड हटाउन सुरु गरेको हो । यहाँबाट हटाइका बोर्ड अन्यत्र कुनै उपयुक्त ठाउँमा राख्न दिइने वडाध्यक्ष केसीले बताउनुभयो । सार्वजनिक जग्गामा रहेका बोर्ड नगरपालिका आफैले हटाएको र व्यक्तिगत जग्गामा भएका बोर्ड हटाउन पहिलो चरणमा १५ दिन र दोस्रो चरणमा ७ दिनको म्याद दिइएको छ । ‘‘हामीले जग्गाधनी र बोर्डधनी दुवैलाई जानकारी गराएका छौँ, केहीले सकरात्मक हिसाबले हटाउनुभयो, बाँकी केही हट्दै छन्’’, उहाँले भन्नुभयो,“नगर कार्यपालिकाको बैठकबाट निर्णय भएरै यो काम भइरहेको छ । प्रवेशद्वारमा रहेका होटल, रेष्टुराँ, बैंक तथा वित्तीय संस्था, विभिन्न कम्पनी र सामाजिक सङ्घ संस्थाले राखेका स्वागत बोर्डसमेत हटाउन लागिएको छ । ” ‘‘अब चारवटा ठूला बोर्ड व्यक्तिका जग्गामा बाँकी छन्, उहाँहरुले सात दिनभित्र आफै हटाउँछौँ भन्नुभएको छ’’, वडाध्यक्ष केसीले भन्नुभयोे “तोकिएको समयभित्र नहटाए हामी हटाउँछौँ ।” मालढुङ्गामा बागलुङको परिचय झल्किने गरी डिजिटल बोर्ड राख्ने योजना रहेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताउनुभयो । नगरपालिकाले जिल्लाका पर्यटकीय क्षेत्र, यहाँका कला संस्कृति र भूगोलको विषयमा जानकारी समेटेर डिजिटल बोर्ड राख्ने योजना बनाएको छ । बागलुङ कालिका भगवती मन्दिरको प्रवेशद्वार आसपासमा रहेका बोर्डसमेत नगरपालिकाले हटाउन भनेको छ । प्रसिद्ध कालिका मन्दिरको मौलिकता हराउनेगरी विज्ञापन बोर्ड राखिएको भन्दै नगरले हटाउन भनेको हो । ‘‘बागलुङ आउने पर्यटकको लागि पहिल्यै नकारात्मक प्रभाव पर्ने भो, त्यसैले विज्ञापन बोर्ड हटाउने भनेका हौँ उहाँले भन्नुभयो,“अब त्यहीँ ठाउँबाट बागलुङको चिनारी दिने योजना छ।”बोर्ड हटाइएको विषयमा जिल्लाका व्यवसायीले भने आपत्ति जनाएका छन् । बिना जानकारी व्यक्तिको सम्पत्ति नगरपालिकाले जबर्जस्त क्षति पु¥याएको उनीहरुको आरोप थियो । “नत कुनै सूचना छ, न जानकारी, यत्तिकै हाम्रो बोर्ड किन फालिएको हो, हटाउन भनेको भए हामी आफँै हटाउँथ्याँैं’’ होटल दि राजनका सञ्चालक एञ्जील शाक्यले भन्नुभयोे,“वार्षिक भाडा तिरेका छौँ, बोर्ड बनाउँदा ७०÷८० हजार खर्च भएको छ, त्यसको सुरक्षा गर्न नगरपालिकाले किन नदिएको हो रु” व्यवसायीले बिना जानकारी बोर्ड हटाएर फाल्नु गलत भएको बताए । प्रवेशद्वार सुन्दर बनाउन लागेको नगरले बागलुङ बजारका घरमा पनि प्लाष्टर गरेर रङरोगन गर्न भनेको छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology