Rato Samachar
Thu, 3 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अन्तर्राष्ट्रिय समाचार

रूस्दी आक्रमणको इरानमा प्रशंसा र चिन्ता तर सरकार मौन

इरानीहरूले उपन्यासकार सलमान रुस्दीमाथि भएको आक्रमणको मिश्रित प्रतिक्रिया दिएका छन् । केहीले आक्रमणको प्रशंसा गरेका छन् भने केहीले चिन्ता व्यक्त गरेका छन् । इरान सरकार भने मौन रहेको छ । “म सलमान रुस्दीलाई चिन्दिन, तर इस्लामको अपमान गरेपछि उनीमाथि हमला भएको सुन्न पाउँदा खुसी छु,” रेजा अमिरीले भनेकी छन् । उनको पुस्तक ‘सटानिक भर्सेस’ ले इस्लामलाई कलङ्कित गरेको अमिरी बताउँछिन् । इरानका तत्कालीन सर्वोच्च नेता अयातोल्लाह रुहोल्लाह खोमेनीले उनको मृत्युका निम्ति आह्वान गरेको दशकौं पुरानो फतवाको लक्ष्यलाई आक्रमणकारीले अनुसरण गरेकामा उनी हर्षित छन् । भूगोल शिक्षक महशिद बारती भने रूस्दीमाथि भएको आक्रमणबाट चिन्तित छन् । विश्व समुदायबाट इरानलाई एक्लो पार्न लेखकमाथि आक्रमण भएको उनी ठान्छन् । रूस्दी आक्रमणले पश्चिमा देशहरूको प्रतिबन्ध खेपिरहेको इरानलाई रूस र चीनबाट पनि टाढा पार्नसक्ने उनलाई लाग्छ । इरानको आणविक कार्यक्रमलाई लिएर अमेरिकासहितका देशले तेहरानमाथि जारी राखेको प्रतिबन्धतर्फ सङ्केत गर्दै बारतीले त्यसो भनेका हुन् । सन् १९८० को इरान–इराक युद्धले देशको अर्थतन्त्रलाई ध्वस्त पारेपछि आफ्नो जीवनको उत्तराद्र्धतिर स्वास्थ्य जटिलता झेलेका खोमेनीले सन् १९८९ मा रूस्दीमाथि फतवा जारी गरेका थिए । सटानिक भर्सेसलाई लिएर मुस्लिम संसारमा हिंसात्मक हङ्गामा भएपछि उनीमाथि मृत्युदण्डको फतवा जारी भएको थियो । उक्त उपन्यासले पैगम्बर मोहम्मदको निन्दा गरेको उनीहरूको निष्कर्ष थियो । लेखक रूस्दीमाथि अमेरिकाको पश्चिमी न्युयोर्कमा शुक्रबार आयोजित एक प्रवचन कार्यक्रममा आक्रमण भएको हो । आक्रमणकारीले उनको घाँटी र पेटमा चक्कुले प्रहार गरेको थियो । प्रवचनका लागि मञ्चमा जान लागेका ७५ वर्षीय रूस्दीमाथि २४ वर्षीय हादी माटरले आक्रमण गरेका हुन् । उनलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएर सुरक्षाकर्मीले अनुसन्धान थालेका छन् । आक्रमणको कारण स्पट नभएको उनीहरूले बताएका छन् । आक्रमणपछि तत्काल हेकप्टरबाट अस्पताल पु¥याइएका रूस्दीको भेन्टिलेटरमा राखेर उपाचार भइरहेको छ । कलेजो र पाखुराको नशा काटिएका उनले एउटा आँखाको ज्योति गुमाउन सक्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । आक्रमणकारी १० देखि १५ पटकसम्म चक्कु प्रहार गरेको थियो । घाउ गम्भीर भए पनि त्यो निको हुनसक्ने प्रकृतिको भएको चिकित्सकले बताएका छन् ।रारास

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

माम्रिङ व्यवाइजको पोष्टमा साविक विजेता हेटौंडा फुटबल एकेडेमीले गर्‍यो गोलको वर्षा

हेटौंडामा गौँथली र ठूलेको अचानक इन्ट्री, हलभित्र दर्शक सरप्राइज!

हेटौंडामा ग्राण्ड व्यूटी एक्सपो हुँदै

लोकप्रिय



भर्खरै

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology