हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको ५ किलो मिटर खुल्ला पुरुष दौड प्रतियोगिताको उपाधि लुम्बिीनी प्रदेशको रुपन्देही जिल्लाका दिनेश कुमार यादवले जितेका छन् । १९औँ गणतन्त्र दिवसको अवसरमा भएको ५ किलोमिटर दौड प्रतियोगितामा रुपन्देहीका यादवले निर्धारित दूरीको यात्रा १४ मिनेट ३६ सेकेण्ड ५१ पलमा पूरा गर्दै अन्य सहभागी प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् ।

कपिलबस्तुका अजय पाण्डे क्षेत्रीले निर्धारित दूरी १४ मिनेट ५६ सेकेण्ड ३८ पलमा पुरा गर्दै द्वितीय हुँदा बागमती प्रदेशस्थित नुवाकोट जिल्लाका आन्नद योगीले निर्धारित दुरी १५ मिनेट, ३४ सेकेण्ड र ६७ पलमा पूरा गर्दै तृतीय भएका छन् ।

गणतन्त्र दिवसको पूर्व सन्ध्यामा सप्ताहव्यापी कार्यक्रमæस्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदÆ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगिता मकवानपुरसहित अन्य विभिन्न जिल्लाहरुबाट ५०,६० जना खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः३० हजार रुपैयाँ, २० हजार रुपैयाँ र १० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने जिल्ला खेलकुदले जानकारी दिएको छ ।

रातो समाचार संवाददाता
थप जानकारी