रोशन दिप – शनिबार मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा लत्ताकपडा वितरण गरिएको छ ।

उपाध्यक्ष बनस्थम थिङसँग समन्वय गरी गाउँपालिकाका विपन्न वर्ग समुहका मानिसहरुलाई जाडोमा शरिर ढाक्नको लागी उनिहरुको परिवारमा उक्त लत्ताकपडा बाड्दिन आग्रह गर्दै हस्तान्तरण गरेका हुन् ।

हेटौंडा उपमहानगरपालिकाका देवराज घिमिरे, कृष्ण सेढाईं, सुमन आचार्य, रवि दाहाल, डिजे काल भैरव, सास्वत अधिकारी, दिपेन्द्र चौलागाइ, अंकित कार्की, प्रशान्त खड्का लगाएत युवाहरुले लत्ताकपडा अभावको समस्यालाई ध्यानमा राख्दै सामुहिक रुपमा गएर लत्ताकपडा हस्तान्तरण गरेका हुन् ।

उपस्थित हुन नपाएतापनि बादल कंशकार, विपिन थापा, सुमिरन श्रेष्ठ, सन्त कुमार श्रेष्ठ, ब्रजेस केशी, आकाश शाह, किरन अधिकारी लगाएत सहयोगी हातहरुको पनि उक्त वितरण प्रक्रियामा महत्वपुर्ण मुमिका रहेको छ ।