Rato Samachar
Wed, 9 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

युवामैत्री स्थानीय शासन विस्तार गरिने

लगानी र क्षमतावृद्धिसहित युवामैत्री स्थानीय शासन अभियानलाई विस्तार गरिने भएको छ । ‘युवामैत्री विश्व निर्माणमा अन्तरपुस्ता एक्यबद्धता’ नाराका साथ मनाइएको अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवामैत्री स्थानीय शासनसम्बन्धी हालसम्मका उपलब्धि, सिकाइ र भावी कार्यदिशाबारे आज आयोजित छलफल कार्यक्रममा सो प्रतिवद्धता जनाइएको हो । सो अवसरमा मुलुकको समग्र विकासमा युवामैत्री स्थानीय शासनको आवश्यकतालाई ध्यान दिएर राष्ट्रिय युवा परिषद्, जागृति बाल तथा युवा सरोकार नेपाल, संयुक्त राष्ट्रसङ्घीय विकास कोष (युएनडिपी) र राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) नेपालको संयुक्त प्रयासमा अभियानलाई विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । अभियानअन्तर्गत तीन सयभन्दा बढी सरोकारवालाको संलग्नतामा युवामैत्री स्थानीय शासन दिग्दर्शन, २०७५ को परिमार्जन र युवामैत्री स्थानीय शासन क्षमता विकास निर्देशिका तयार गरिएको छ । युवामैत्री स्थानीय शासन प्रवद्र्धनको पहिलो चरणमा देशका सातै प्रदेशका एकएक स्थानीय तहको छनोट गरी सम्बन्धित तहका जनप्रतिनिधि, कर्मचारी, विभिन्न निजी क्षेत्रका युवा प्रतिनिधि तथा युवाका सवालमा प्रमुख सरोकारवालाका लागि दिने युवामैत्री स्थानीय शासनसँग क्षमता अभिवृद्धि कार्यक्रम गरिएको थियो । प्रदेशस्तरमा भएको उक्त अनुभवलाई विस्तार गर्न वक्ताले आग्रह गरेका थिए । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाको मुद्दाका दृष्टिकोणले मैत्रीपूर्ण बनाउने अहिलेको सान्दर्भिक सवाल रहेको र नीति निर्माण प्रक्रियामा युवाको सहभागिता अत्यावश्यक रहेको बताउनुभयो । हालको प्रयास कम रहेको र अझ बढी लगानी तथा योगदानको आवश्यकता रहेको उल्लेख गर्दै उपाध्यक्ष बस्नेतले उपयुक्त वातावरण निमार्णका लागि परिषद्ले कार्य गरिरहेको र संवैधानिक तथा नीतिगत युवासँग सम्बन्धित व्यवस्थालाई कार्यान्वयनका साथ युवामैत्री शासन प्रवद्र्धनका लागि निरन्तर समन्वयको प्रतिबद्धता जाहेर गर्नुभयो । युएनडिपीका आवसीय प्रतिनिधि आइसानी लाभेले युवामा धेरै समस्या उत्पन्न भएका वितृष्णा उत्पन्न हुने भएकाले त्यस्ता समस्या परेको बेलामा सुनिदिने स्थान (निकाय) हुने वातावरण निर्माण गर्न आग्रह गर्नुभयो । युनिसेफका आवसीय उपप्रतिनिधि उषा मिश्रले नेपालमा केही वर्षपछि ज्येष्ठ नागरिकको सङ्ख्या धेरै हुने भएकाले वर्तमान समयमा युवा तथा बालबालिकामा बृहत् लगानीको आवश्यकता रहेको बताउनुभयो । जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले युवामैत्री अभियानमा सबै युवासँग सम्बन्धित सरोकारवालाले योगदान पु¥याउनुपर्ने बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

मकवानपुरको बकैयामा फेरिपनि भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

लोकप्रिय



भर्खरै

मकवानपुरको बकैयामा फेरिपनि भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology