हेटौंडा । गायिका मेलिना राईले मकवानपुर जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा आफ्‌नो सांगीतिक प्रस्तीमा दर्शकहरुलाई चलाएकी छिन् ।

मंगलबारको आफ्‌नो सांगीतिक प्रस्तूतीमा आफ्‌नो गीतहरुको प्रस्तुत गर्दै गायीक मेलिना राईले दर्शकहरुलाई नचाइकी हुन् । उनको सांगीतिक प्रस्तूतीमा दर्शकहरुमा उत्साहसहित रुपमा सहभागी भएका थिए ।

उनले करिब ६ वटा गीत गाएकी थिइन् । उनले ए माया हाम्रा बा, अजम्बरी माया पिरती, माया बिरानी, असारे महिना, कम्मरमाथि पटुकी लगायतका गीत गाएकी थिइन् ।

भोलि बुधबार चर्चित गायीका साहिमा श्रेष्ठ लगायत अन्य कलाकाहरुको पनि सांगीतिक प्रस्तूती रहने छ । खेलकुद महोत्सवमा दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सव फागुन १४ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।