हेटौंडा । राष्ट्रिय महिला फुटबलकी टिम क्याप्टेन सावित्री भण्डारी (साम्बा) हेटौंडामा आइपुगेकी छिन् ।
सञ्चारिका समूह मकवानपुरको आयोजनामा शनिबार हुन लागेको देश चिनाउनेसँग हाम्रो चिनजान’ भन्ने कार्यक्रममा सहभागी हुनु पूर्व सावित्री भण्डारी (साम्बा) शुक्रबार हेटौंडा आइपुगेकी हुन् ।
हेटौंडा स्कूल अफ म्यानेजमेन्ट सोसिएल एण्ड साइनसको प्रयोजनमा उक्त कार्यक्रममा साम्बालाई ५० हजार रुपैयाँ नगद राशीसहित सम्मान गर्न लागेको छ ।
उनले नेपाली महिला फुटबल खेलका लागि गरेको चुनौतीका कामहरु बुझेर त्यसालाई साक्षरता कायम गर्नका लागि कार्यक्रमको आयोजना गर्न लागेको बताइएको छ । २०७२ वैशाखमा घले गाउँमा भएको महिला फूटबल प्रतियोगिताले सावित्राको जीवनमा अविश्वसनीय फड्को मारेको थियो ।























प्रतिक्रिया दिनुहोस्