रोशन दिप – बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालीका वडा नं २ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियुका) अध्यक्षमा छोइसाङ लामा पदस्थापित भएका छन् ।
स्ववियुका नवनिर्वाचित पदाधिकारी र सदस्यको प्रमाण पत्र वितरण, शपथ ग्रहण र पदस्थापन कार्यक्रम आज विहान आइतबार एकैसाथ सम्पन्न गरिएको हो ।
लामाको अध्यक्षतामा समिति प्रत्यक्षतर्फ निर्वाचित ११ जना र समानुपातिक प्रणालीबाट निर्वाचित १० जना गरी २१ सदस्यीय समितिमा उपाध्यक्ष र सहसचिव निर्वाचित सदस्यहरुमध्येबाट चयन हुनेछन् ।
पदस्थापन समारोहलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष लामाले शैक्षिक सुधार र विधार्थीको हकहितको विषय उठाएर उचित समाधान दिनको लागी निर्वाचित भएको बताए ।
क्याम्पस प्रमुख डा शंकरप्रसाद उपाध्यक्ष, स्ववियुका निवर्तमान अध्यक्ष कुमार बहादुर केसीको पनि पदस्थापना तथा शपथ ग्रहण कार्यक्रममा उपस्थिति रहेको थियो ।























प्रतिक्रिया दिनुहोस्