हेटौंडा । हेटौंडामा ८ औं संस्करणको हेटौंडा कोरा साइकल च्यालेन्ज–२०२५ हुँदैछ । करिब ५० किलोमिटर दूरीको यात्रा पूरा गर्नेगरी २ सय ५० जनाको हाराहारीमा १२ वर्षभन्दा अधिक उमेर समूहका महिला पुरुषको सहभागितामा यही शनिबार हेटौंडा कोरो साइकल ¥याली हुन लागेको हो । बिहीबार अयोजक हेटौंडा राइडर्स क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै देशभरी हरेक वर्ष जुलाई महिनाको १९ तारिखमा हुने कोरो साइकल च्यालेन्ज हेटौंडामा पनि गर्न लागेको जानकारी गराएका छन् । कोरा साइकल ¥यालीमा चितवन, पर्सा, बारा, काठमाडौं लगायतका ठाउँहरुबाट महिला तथा पुरुषको सहभागिता रहने हेटौंडा राइडर्स क्लबका अध्यक्ष विकास ताम्राकारले बताएका छन् ।
शनिबार बिहान ७ बजे हेटौंडा–४,स्थित पशुपति मन्दिरबाट सुरु हुने साइकल ¥याली वनविज्ञान क्याम्पसको जङ्गल हुँदै भुटनदेवी मन्दिरको परिक्रमा, हेटौंडा–१०,स्थित टिसीएनरोड, बुद्धचोक, चौकीटोल, जलेश्वरमन्दिर, वनसखण्डी मन्दिर, मनकामनाचोक, सनोपोखराहुँदै रुद्रेश्वरमन्दिर, हेटौंडा रिसोर्ट क्याम्पा डाँडा, चौघडा, चुच्चेखोला बाट शिवम् सिमेन्ट हुदै हटिया, गौरीटार, भोर्ले, रिद्दिसिद्दि सिमेन्ट, रातोमाटे, महेन्द्र राजमार्ग मास्टर चोक बाट त्रिवेणी धाम हुदै हेटौंडा सिमेन्ट रोड, गुम्बा चोक बाट कर्रा, मेनरोडबाट बुद्ध चोकमा आएर कोरो साइकल यात्राको समापन गरिने अध्यक्ष विकास ताम्राकारले बताए । शनिबार हुने यात्रामा क्लबका स्वयम् सेवकले व्यवस्थापन, नेपाल प्रहरीले सुरक्षा प्रदान गर्ने छ भने नेपाल ट्राफिक प्रहरीले ट्राफिक व्यबस्थापन गरी सहजीकरण गर्नेछन् ।
¥यालीमा सहभागीहरुले हेटौंडा भित्र रहेको प्रमुख धार्मिक तीर्थस्थलहरु, गुम्बा, खोला, नाला लगायतका प्राकृतिक क्षेत्रको अवलोकन गर्ने अवसर पाउने उनले बताए । हेटौंडा नगरलाई साइकलसँग जोड्ने मुख्य उद्देश्यले विगत ८ वर्षदेखि हेटौंडा राइर्डस् क्लब कोरा साइकल ¥यालीको आयोजना गर्दै आएको सदस्य विपिन ताम्रकारले बताए । हेटौंडालाई साइकलमार्फत स्वस्थ सहज जीवन्त प्रदान गर्नका लागि अयोजना गर्न लागिएको बताए । र्याली सम्पन्न गर्नका लागि ५ लाख रुपैयाँको बजेट खर्च हुने अनुमान गरिएको सदस्य विपिन ताम्राकारले बताए । कोरा साइकल च्यालेन्जका लागि हेटौंडा–५, ६, ९, १०, १३ र १५ तथा विभिन्न निकायहरुको सहयोग रहने उनले बताए । क्लबमा ५ सय साधारण सदस्य र ११ जना कार्यसमिति सदस्य रहेको उनले बताए । करिब वर्ष पहिले हेटौंडामा साइकल लेन छुट्याउने भन्ने पहल गरेतापनि सम्भव नभएको बताए ।























प्रतिक्रिया दिनुहोस्