भरुवा बन्दुक सहित मकवानपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ। मकवानपुरगढी गाउँपालिका ७ सुकौरा दुम्सी बस्ने ५२ वर्षीय मंगल सिङ थिङलाई प्रहरीले १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको हो।

थिङ्को घरमा भरुवा बन्दुक छ भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट जितपुर भन्ज्याङबाट खटिएको प्रहरीले बन्दुक सहित पक्राउ गरेको जनाइएको छ।