हेटौंडा । हेटौंडा–२,स्थित बालजागृति इंग्लिस सेकेण्डरी बोर्डिङ स्कूलको स्कूल नायकमा दिक्षान्त थिङ निर्वाचित भएका छन् । शुक्रबार बोर्डिङले विद्यार्थीलाई निर्वाचन सम्बन्धी सेचतना वृद्धि गर्ने र विद्यालयको प्रतिनिधि चयन गर्ने उद्देश्यले आयोजना गरेको निर्वाचनमा सम्पन्न मत परिणाम अनुसार दीक्षान्त थिङले आफ्नो निकटम प्रतिद्वन्द्वी आंकाक्षा लामालाई हराउँदै नायकमा निर्वाचित भएका हुन् । विद्यालयको उप–नायकमा रोजन अधिकारी निर्वाचित भएका छन् ।
बोर्डिङकम कक्षा–६ देखि कक्षा–१० सम्मका विद्यार्थीहरुले विद्यालयस्तरीय नेतृत्व चयनका लागि मतदान गरेका प्रिन्सीपल विनोद सुवेदीले बताएका छन् । विद्यालयले नेतृत्व चयनका लागि आयोजना गरेको मतदान कार्यक्रमबाट विद्यार्थीहरूले उम्मेदवारी दर्ता, प्रचारप्रसार, मतदान, र मतगणनाको अभ्यास गर्ने अवसर पाएकामा प्रिन्सील सुवेदीले खुशी व्यक्त गरे । विद्यार्थीको नेतृत्व चयन गर्नका लागि बिहान ७ बजेबाट सुरु गरेको मतदान कार्यक्रर्म ११ बजेसम्म सञ्चालन भएर सम्पन्न भएको थियो ।














प्रतिक्रिया दिनुहोस्