हेटौंडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीको भित्री सडकखण्डमा एक बोलेरो गाडी दुर्घटना भई बागमती नदीमा डुबेको छ। शुक्रबार साँझ ५ बजेको समयमा ललितपुरबाट सिस्नेरीतर्फ आउँदै गरेको बा.प्र.०१–०२८ च ७१९४ नम्बरको बोलेरो गाडी नदी तर्ने क्रममा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीका अनुसार नदीमा जमेको फिजमा गाडीको पछाडिको चक्का ढुङ्गामा अड्किएपछि गाडी चिप्लिएर नदीमा पल्टिएको थियो। गाडी पानीमा डुबेको भए पनि यात्रु तथा चालक सबै सकुशल रहेको, कुनै मानवीय क्षति नभएको प्रहरी चौकी सिस्नेरीले जनाएको छ।
घटनाबारे आज शनिबार गते दिउँसो १२:०० बजे सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थल खटिएको थियो। टोलीले पानीमा डुबेको बोलेरोलाई निकालेर सुरक्षित स्थानमा राखेको जनाएको छ। गाडीमा भौतिक क्षति भएको बताइएको पनि विस्तृत विवरण प्राप्त हुन बाँकी छ। दुर्घटना स्थल प्रहरी चौकी सिस्नेरीबाट करिब ७ किलोमिटर पूर्वतर्फ प पर्ने जनाएको छ।














प्रतिक्रिया दिनुहोस्