Rato Samachar
Tue, 29 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

फर्जी पूर्जा बनाइ जग्गा बिक्री गरेको खुलासा

काभ्रेपलाञ्चोक, ४ साउन (रासस) ः फर्जी लालपूर्जा बनाइ नक्कली जग्गा बिक्री गरेको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालयले अर्काको जग्गा देखाएर नक्कली पूर्जा बनाइ बिक्री गरेको आरोपमा केही व्यक्तिलाई पक्राउ गर्दै थप अनुसन्धान गरिरहेको छ । हुँदै नभएको जग्गा खरिद गर्नेमध्ये चार जनाले प्रहरी कार्यालयमा गरेको उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा जिल्ला मालपोत कार्यालयका कर्मचारीसहित केही व्यक्तिलाई पक्राउ गरेको छ । हाल पक्राउ पर्नेमा धादिङको जीवनपुर–५ घर भई काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ बस्ने रविप्रसाद रेग्मी, मालपोतका कर्मचारी रामविनय यादव र सतिश भण्डारी छन् । यादव र भण्डारीले नक्कली जग्गा बिक्री गर्ने गिरोहसँगको मिलेमतो रहेको प्रहरीले जनाएको छ । नक्सादेखि पूर्जासमेत सबै सक्कलीजस्तै बनाइ देखाएका रेग्मीले अरुको जग्गालाई प्लटिङको कागजमा कित्ता देखाएर मालपोत कार्यालयले हाल साविक गरिदिएको ७६ कित्ता बनाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । साथै रेग्मीले प्रारम्भिक बयानका क्रममा सातवटा यस्तै प्रकृतिका जग्गा पास गरिसकेको बताएका छन् भने ७६ कित्ता जग्गा यही साउन ८ गते पास गरिसक्ने गरी व्यक्तिसँग बैना रकम लिएको स्विकारेका छन् । मालपोतको रेकर्डमा उक्त जग्गामध्ये केही कित्ता व्यक्तिका नाममा देखिएको भए पनि नक्सा अनुसार सबै नक्कली भएको प्रहरीले जनाएको छ । दश वर्षदेखि बनेपामा बसोबास गर्दै आएका रेग्मीले काभ्रेपलान्चोकको साविक कोलाँती भुम्लु–७ निवासी निर्मला उप्रेतीलाई बनेपा नपा साविक १ नं वडाको आठ आना जग्गा रु ५५ लाखमा बिक्री गरेका थिए । उनले नक्कली जग्गाको लालपूर्जा बनाएर बनेपा–१ ठेगाना तथा कित्ता नं १५०४ मा आठ आना जग्गा राखेर उप्रेतीलाई देखाएका थिए । उक्त जग्गा गत असार ३० गते मालपोत कार्यालयबाट पास भएको हो । रेग्मीले निर्मलालाई असार ३१ गते जग्गा पास भएको पूर्जा दिएका थिए । सोमबार पूर्जामा निर्मलाको नक्कली ल्याप्चे देखेपछि जिल्ला प्रहरी कार्यालयमार्फत मालपोतमा जग्गाको कित्ता नं भिडाउँदा जग्गा नै नभएको पुष्टी भएको हो । तत्कालै उपे्रतीको उजुरीका आधारमा प्रहरीले रविलगायत मालपोतका कम्प्युटर अधिकृत भण्डारी र रजिस्ट्रेसन फाँटमा कार्यरत कर्मचारी यादवलाई मङ्गलबार पक्राउ गरी गरी अनुसन्धान थालेको छ । जग्गा पास गर्न भू–सेवा केन्द्रमार्फत लेखापढी गर्ने सीता थापा र उनका श्रीमान् राजन थापा भने फरार रहेको जनाइएको छ । पीडितका अनुसार नक्कली जग्गा बिक्री गर्ने गिरोहका नाइके रेग्मीले बनेपा–५ घोकेचौरस्थित खोला नजिकैको प्लटिङको जग्गा देखाएका थिए । घटना विवरणअनुसार रेग्मीले पूर्जा मात्रै नक्कली बनाएनन्, वडा कार्यालयको चार किल्ला सिफारिस, जग्गाको नक्सा नक्कली बनाइ जग्गासमेत नक्कली देखाएका थिए । प्रहरीका अनुसार राम्रो स्थानको धेरै जग्गा कम मूल्यमा पाएपछि उप्रेती खरिद गर्न राजी भएको देखिन्छ । हाल साविक नभएको जग्गा पास नहुने भएपछि रेग्मीले बनेपाको जग्गा बिक्री गर्न मालपोत कार्यालयका केही कर्मचारी र लेखापढी व्यवसायीसँग मिलेमतो गरेका थिए । मालपोत कार्यालयले भने हाल अनलाइनमार्फत जग्गा पास गराउँदै आएको छ । हुँदै नभएको जग्गाको पूर्जा र सिफारिस बनाएर रेग्मीले उप्रेतीलाई गत असार ३० गते रु ५५ लाखमा जग्गा बिक्री गराइ पास गराएको अनुसन्धानबाट खेुलेको हो । सोही जग्गाको अफलाइन लिखत तयार गर्न लेखापढी व्यवसायी सीता थापा र उनका पति राजन थापा सहभागी भएका हुन् । अनलाइन नभएको जग्गाको लिखत लगेर डिजिटल फोटो खिचाउन मालपोतका कम्प्युटर अपरेटर भण्डारीले कार्यालयको सिस्टममा फोटो नलिइ बाहिर खिचाइ निर्मलालाई ल्याप्चे लगाउन लगाएका थिए । अर्का कर्मचारी यादवले उपे्रती र रेग्मी दुवै पक्षलाई जग्गा किनबेचको लेनदेन सकार्न लगाएका थिए । त्यसअघि थापा दम्पत्तीले नक्कली लिखतअनुसार रजिस्टे«सन नम्बर १३०४९ ‘ख’, पारित मिति २०७९ असार ३१ गते, टोकन दर्ता नम्बर १३०४, रजिस्टे«सन दस्तुर रु एक लाख ५१ हजार ८७६, पुँजीगत लाभकर रु तीन लाख, रसिद नंम्बर १४४४ राखेर पेश गरेका थिए । जग्गा पासका सबै प्रक्रिया नक्कली थियो । बैंकको भौचर, छाप, मालपोत अधिकृतको दस्तखत पनि नक्कली नै रहेको जनाइएको छ । दैनिक पाँच लिखत पनि पास नभएका बेला १३०४ टोकन नं राखिएको पाइएको छ । उक्त लिखतमा राखिएका साक्षीलाई भने केही थाहा नभएको बताइन्छ । प्रहरी उपरीक्षक चक्रराज जोशीले सरकारी छाप, दस्तखत किर्ते गरी सर्वसाधारण ठगी गर्ने गिरोहलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार पीडितको जाहेरीका आधारमा नक्कली जग्गा बिक्री गर्ने गिरोहमा संलग्न अन्य तथा बिक्री गरिएका जग्गाबारे खोजीकार्य भइरहेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology