Rato Samachar
Fri, 30 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

पोखरामा राष्ट्रिय खुला स्नुकर प्रतियोगिता

पोखरामा आगामी भदौ १२ देखि १९ गतेसम्म प्रथम राष्ट्रिय खुला स्नुकर प्रतियोगिता हुने भएको छ । नेपालको सन्दर्भमा भौगोलिक तथा आर्थिकरूपले सुहाउँदो विलियार्ड स्नुकर खेलको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । देविज स्नुकर क्लबको आयोजना तथा नेपाल विलियार्ड स्नुकर तथा पुल सङ्घ र कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल सङ्घको सहयोगमा हुने प्रतियोगिताबाट स्नुकर खेलको विकासका साथै शारीरिकरूपमा तन्दुरुस्त, मानसिकरूपमा सचेत र सामूहिक भावनाको अभिवृद्धि गराउने विश्वास लिइएको छ । प्रतियोगितामा काठमाडौँ, ललितपुर, भक्तपुर, हेटौँडा, बुटवल, नेपालगञ्जलगायतका सहरबाट गरी एक सय २८ खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक शङ्कर गुरुङले बताउनुभयो । उहाँका अनुसार विलियार्ड स्नुकरका चर्चित खेलाडी प्रतियोगितामा सहभागी हुनुहुनेछ । प्रतियोगिताको उपाधि विजेताले रु एक लाख ५१ हजार एक सय ११, द्वितीय हुनेले रु ७१ हजार एक सय ११ र सेमीफाइनल पुगेका दुई जनालाई जनही रु १५ हजार एक सय ११ र प्रतियोगिताका हाइएस्ट ब्रेकरलाई रु २१ हजार एक सय ११ सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने सङ्घका अध्यक्ष सागरकुमार साइले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न करिब रु १८ लाख खर्च लाग्ने अनुमान गरिएको सङ्घले जनाएको छ । सञ्चालन खर्च प्रदेश सरकार, पोखरा महानगरपालिका तथा विभिन्न सङ्घसंस्था र व्यक्तिबाट सङ्कलन गरी जुटाइने अर्थ समिति संयोजक प्रदीप रसाईलीले बताउनुभयो । स्नुकर खेल पनि प्रतियोगितात्मक खेल नै हो भन्ने बुझाउन प्रतियोगिता आयोजना गरिएको सङ्घका अध्यक्ष साइले बताउनुभयो । उहाँले भन्नुभयो, “खेल बुझाउँदै यसप्रति रुचि बढाउने र नयाँ खेलाडी उत्पादन गर्ने प्रतियोगिताको उद्देश्य हो । प्रतियोगिताले पोखरालाई खेलकुद पर्यटनको सहरका रूपमा विकास गर्न मद्दत गर्नेछ ।” नवौँ राष्ट्रिय खेलकुदमा समावेश गर्न माग नेपाल विलियार्ड स्नुकर तथा पुल सङ्घले स्नुकर खेललाई आगामी असोज अन्तिम साता पोखरामा तय भएको नवौँ राष्ट्रिय खेलकुदमा समावेश गर्न माग गरेको छ । विगतका पाँचौँ र छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिए पनि त्यसपछिका संस्करणमा स्नुकरलाई समावेश गरिएको छैन । सङ्घका अध्यक्ष साइले विगतमा समावेश भएर विभिन्न पदक जितेको यस खेललाई गण्डकी प्रदेशमा हुने राष्ट्रिय प्रतियोगितामा पनि समावेश गर्न राष्ट्रिय खेलकुद परिषद्सँग माग गरिएको बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

लोकप्रिय

1

Fundierte Analyse der Online-Glücksspielbranche: Regulierung, Betrugsschutz und Nutzervertrauen

2

डेङ्गु नियन्त्रण प्रयास

3

आर्थिक उन्नतिका लागि एमाले जित्नु पर्छ : अध्यक्ष ओली

4

नेपाली चलचित्र ‘बेहुली’ शुक्रबारदेखि प्रदर्शनमा

5

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

6

मुख्यमन्त्री थापाले प्राप्त गरे विश्वासको मत

7

बजाजको विद्युतिय दुई नयाँ मोडल स्कुटर सार्वजनिक

8

रासस मकवानपुरकी संवाददाता अञ्जली थापाको फिचर सर्वोत्कृष्ट

रातो समाचार संवाददाता
9

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता
10

Le rôle central du divertissement numérique dans l’industrie du jeu vidéo



भर्खरै

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

हेटौंडा बचत तथा ऋण सहकारीको २७औं बार्षिक साधारण सभा सम्पन्न

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology