Rato Samachar
Thu, 25 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अन्य

पुस्तान्तरण नहुँदा संस्कृति धान्नै धौधौ

 रीतिअनुसार साउन कृष्ण पक्षको चतुर्दशीका दिन पर्ने गठेमङ्गलदेखि नै लाखे नचाउनुपथ्र्यो । पहिले–पहिले गठेमङ्गलमा सुरु भएको लाखे नाचलाई तीजमा अन्त गर्ने प्रचलन थियो । यसपालि भने लाखेको कुनै सुरसार छैन ।अन्यत्र लाखे नाचको रौनक सुरु भइसक्दा पनि यहाँको नेवार समुदाय भने अन्योलमा छ । शाक्य कल्याण समाजका सचिव मञ्जुल शाक्यले पछिल्लो समय लाखे नाच्ने कलाकारै नभएको बताउनुभयो । “नाच्ने, बजाउने मान्छे नहुँदा लाखे नाच सङ्कटमा छ”, उहाँले भन्नुभयो । उक्त समाजको अगुवाइमा बर्सेनि लाखेनाच प्रदर्शन हुँदै आएको थियो । सचिव शाक्यले पछिल्ला दुई वर्ष कोभिड–१९ ले पनि लाखेलगायत बर्खे नाच निकाल्न नसकिएको उल्लेख गर्नुभयो । “नयाँ पुस्तालाई सिकाउन नसक्दा पुरानो संस्कृति हराउने चिन्ता बढेको छ”, उहाँले भन्नुभयो ।तीन वर्षअघि पनि नाच्ने कलाकार कोही नभएपछि पोखरामा बस्ने आशिष शाक्यलाई बोलाएर समाजले लाखे नाच प्रदर्शन गराएको थियो । लाखे नाचको कला र शिल्प पुस्तान्तरण नहुँदा समस्या निम्तिएको नेपाल भाषा मंकाः खलःका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो । उहाँका अनुसार नयाँ पुस्तामा लाखे नाच्ने मान्छे नै छैनन् । नेवार समुदायमा हुने बसाइँसराइ, युवाहरू पढ्न बाहिर जाने प्रवृत्तिले पुरानो कला, संस्कृति जोगाउन चुनौती थपिएको उहाँले जानकारी दिनुभयो । “सांस्कृतिक पर्वमा नाच्ने, गाउने, बजाउने पुराना पुस्ताका धेरै कलाकार अहिले काठमाडौँ, पोखरालगायतका सहरमा छन्”, उहाँले भन्नुभयो, “नयाँ पुस्तालाई पनि आफ्नो इतिहास, भाषा, कला र संस्कृतिप्रति उतिसारो रुचि छैन, पढ्न र रोजगारीका लागि बाहिर जाने प्रवृत्ति बढ्दो छ ।” अध्यक्ष राजभण्डारीले अहिलेसम्म जेनतेन धानिएको नेवारी संस्कृति सङ्कटोन्मुख रहेको बताउनुभयो । उहाँले विसं २०४६ पछिको परिवर्तन र आधुनिक विकासले पनि परम्परामा मार थपिएको धारणा व्यक्त गर्नुुभयो । “पहिले कृषिमा आधारित समाज र जीवनशैली थियो, मानिसहरु एकै ठाउँमा बस्थे”, उहाँले भन्नुभयो, “अहिले आप्रवासन बढ्दो छ, युवापुस्ता बाहिर छ, यसले पनि पुरानो संस्कृति संरक्षणमा चुनौती थपेको छ ।” लाखे मात्र नभएर बर्खे नाचका रुपमा देखाइने होबा, कटुवाल, रोपाइँ, जोगीलगायत नाच पनि जोगाउनै धौधौको स्थिति छ । इतिहास बोकेका नाच र जात्रा हराएर जाने हुन् कि चिन्ता छ । परम्परागत नेवारी गीत, नाच र संस्कृतिको संरक्षणमा खलः र समाजले अगुवाइ गरिरहेको छ । संस्कृतिकर्मी मुकुन्द शाक्यले पुस्तान्तरणको अभावमा तीन सय वर्ष पुरानो लाखे नाचको अस्तित्व नै नासिने खतरा बढेको बताउनुभयो । संरक्षण नहुँदा नागनागिनीसहित कतिपय नाच र जात्रा हराइसकेकाले जात्राको परम्परा जोगाउन नयाँ पुस्तालाई प्रशिक्षित गर्नुपर्ने उहाँको सुझाव थियो । संस्कृतिकर्मी शाक्यका अनुसार लाखे नाचमा ढोलक, झ्याली, बाँसुरीलगायत बाजा बजाउने कलाकार पनि औँलामा गन्न सकिने मात्र छन् । राजाका सिपाहीले घण्टाकर्ण नाम गरेका राक्षसलाई मारेपछि पति वियोगमा व्युहल बनेकी उनकी श्रीमतीले लाखे बनेर नाचेको किंवदन्ती छ । त्यसकै प्रतीकस्वरुप नेवार समुदायमा बर्सेनि लाखे नाच निकालिन्छ । नेवारको जात र स्थानअनुसार फरक–फरक तरिकाले लाखे नाच नचाउने गरिन्छ । लाखे नाचको प्रचलन र यसको इतिबासबारे पनि विभिन्न तर्कहरु पाइन्छन् । लाखे नाचमा हिँडाउने, पड्ताल, भोटेसेलो र झ्यारी गरी चार ताल हुन्छन् । राक्षसको स्वरुप झल्कने मुकुट र देवी वस्त्रसहित कलाकारलाई सिँगारेर लाखे नचाउने गरिन्छ । भक्तपुरबाट बसाइँसराइ गरेर यहाँ आउँदा नेवारहरुले परम्परागत नाच र जात्राको संस्कृति पनि सँगसँगै भित्र्याएका थिए । भाइचारा, मेलमिलाप, सामाजिक सन्देश र मनोरञ्जनको माध्यमका रुपमा जात्रालाई लिइन्छ । भक्तपुर, धुलिखेल र भादगाउँबाट भित्रिएका नेवार जातिले बागलुङमा भदौरे जात्राको प्रचलन बसालेका थिए । जात्राले गीत, नृत्य र अभिनयबाट व्यङ्ग्य, पौराणिक कथा, जनजीवनका भोगाइ र स्वस्थ मनोरञ्जनलाई समेट्ने गरेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हर्नामाडीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने

रातो समाचार संवाददाता

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

मेस्सीको ह्याट्रिकमा अलजेरिया विरुद्ध साविक विजेता अर्जेन्टिना शान्दार सुरुवात

रातो समाचार संवाददाता

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

लोकप्रिय



भर्खरै

किङ कोब्रा उद्धारका क्रममा टोकाइपछि मृत्यु नजिक पुगेर फर्किएका राजेश “गरिब”

हर्नामाडीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने

रातो समाचार संवाददाता

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology