Rato Samachar
Thu, 10 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

पुल नबन्दा यात्रा जोखिमपूर्ण

हुलाकी सडकअन्तर्गत कन्काई र विरिङ खोलाको पुल अझैसम्म नबन्दा त्यहाँ डुङ्गाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता विद्यमान छ । निर्माणाधीन पुल एक दशक बितिसक्दा अझै पूर्ण रुपमा नबन्दा जोखिम लिएर वर्षायाममा यात्रा गर्नुपर्ने दक्षिणी भेगका नगरिकहरुको बाध्यता अभैm हटेको छैन । पुल समयमा नबन्दा वर्षामा आवातजावात ठप्प हुने र हिउँदमा पनि डुङ्गाको भरमा यात्रा गर्नुपर्ने अवस्था रहेको गौरीगङ्जकी टीकामाया लिम्बुले बताउनुभयो । विसं २०६८ मा रु ३४ करोडमा ठेक्का लागेको सात सय २४ मिटर लम्बाइको कन्काई नदीको पुल दुई वर्षदेखि निर्माण व्यवसायी कम्पनी पप्पुको जेभीको पार्टनर महादेव खिम्तीले काम सुरु गरेको छ । तर पुल निर्माणको कामले अझै पनि गति लिन सकेको छैन । वर्षातले गर्दा यतिखेर पुल निर्माणको काम रोकिएको छ । वर्षातमा सधँै काम रोकिने र हिउँदको समयमा मात्र काम हुने भएकाले कामको प्रगति हुन सकेको छैन । यति ठूलो योजनामा कामदार नै थोरै परिचालन गर्ने गरेकाले पनि कामले गति लिन नसकेको स्थानीय अगुवा इश्वर माझीले बताउनुभयो । पुल नबन्दा त्यहाँ वर्षौदेखि नदि तर्न डुङ्गाको भर पर्नुपर्ने अवस्था हट्न सकेको छैन । झापामा हुलाकी सडकको अधिकांश कार्य सकिन लाग्दा मुख्य नदी र खोलाको तीन पुल नबन्दा भने सडक सञ्चालनमा मै समस्या हुँदै आएको गौरीगञ्ज वडा नं. १ चउरी बस्तीका अगुवा रामप्रसाद प्रसाईंले बताउनुभयो । दोस्रो विरिङ पुल भने आगामी वर्ष काम सकिने निर्माण कम्पन्नी लामा मैनाचुलीका इञ्जिनीयर राघव यादवले बताउनुभयो ।—रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

मकवानपुरको बकैयामा फेरिपनि भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

नेपाली चलचित्र ‘बेहुली’ शुक्रबारदेखि प्रदर्शनमा

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

मकवानपुरको बकैयामा फेरिपनि भेटियो किङ्ग कोब्रा सर्प

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology