Rato Samachar
Wed, 30 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

पर्यटन पुनरुत्थानका लागि योजनाबद्ध कार्यक्रम ल्याइन्छ : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि मन्त्रालयले योजनाबद्ध कार्यक्रम अघि बढाउने बताउनुभएको छ । नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानबारे आज मन्त्रालयमा सरोकारवालाहरुसँगको छलफलमा उहाँले सरकार र निजी क्षेत्रको साझेदारीमा पर्यटन पुनरुत्थानको कामलाई प्रभावकारीरूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । पर्यटनमन्त्री श्रेष्ठले पर्यटन पुनरुत्थानका लागि गठित समितिले हालै मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेकाले छलफलमा उठेका थप विषय र सुझावलाई समेटेर सोही आधारमा कार्यक्रम तयार गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिडपछिको पर्यटन पुनरुत्थानको योजना बनाउन गठित समितिले मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनमा नसमेटिएका विषयलाई छलफलबाट आएका सुझावलाई आधार मानेर तत्काल र दीर्घकालीनरूपमा गर्नुपर्ने कामको योजनाबद्ध कार्यक्रम तय गरेर अघि बढ्छौँ ।” मन्त्री श्रेष्ठले मन्त्रालय र मातहत निकायका काम कारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाउन समयसापेक्ष नीतिगत सुधारका कामलाई पनि सँगै अघि बढाइने प्रतिबद्धता जनाउनुभयो । उहाँले पर्यटन क्षेत्रमा भएका कतिपय विकृति नियन्त्रण गर्न सरोकारवालाको सक्रिय सहयोग चाहिने खाँचो औँल्याउनुभयो । कोभिडले पर्यटन क्षेत्रमा पारेको प्रभाव र आगामी रणनीतिबारे राय सुझाव लिने उद्देश्यले आयोजना गरिएको छलफलमा पर्यटन क्षेत्रका अगुवा सङ्गठनका प्रमुख एवं प्रतिनिधिले पर्यटन पुनरुत्थानको कामलाई योजनाबद्ध प्रभावकारीरूपमा अघि बढाउन, नीतिगत सुधारदेखि सेवा सुदृढीकरणका बारेमा सुझाएका थिए । होटल सङ्घ नेपाल (हान) का अध्यक्ष सिर्जना राणाले राज्यले पर्यटनलाई प्राथमिकतायुक्त उद्योगका रूपमा मान्यता दिएर यस क्षेत्रको विकासका लागि लगानी आकर्षण र प्रोत्साहनका कार्यक्रम ल्याइनुपर्नेमा जोड दिनुभयो । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले अन्तर्राष्ट्रिय प्रवद्र्धनको कामलाई प्रभावकारीरूपमा अघि बढाइनुपर्ने खाँचो औँल्याउनुभयो । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले पर्वतीय पर्यटनसम्बन्धी स्पष्ट नीति आवश्यक रहेको भन्दै हिमाल आरोहण क्षेत्रलाई व्यवस्थितरूपमा अघि बढाइनुपर्ने बताउनुभयो । पर्यटन व्यवसायी दीपक महत, शिव अधिकारी, कुमार खड्का, विभूतिचन्द ठाकुर, कुमारमणि थपलिया, घनेन्द्र श्रेष्ठलगायतले पर्यटन क्षेत्रका चुनौती र सम्भावनाबारे धारणा राख्नुभएको थियो । कार्यक्रममा मन्त्रालयका उपसचिव सरोज पोखरेलले पर्यटनको अवस्था र आगामी योजनाबारे संक्षिप्त प्रस्तुती दिनुभएको थियो । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

रंगमञ्च यात्रालाई निरन्तरता दिँदै आरुष मगर, ‘आयो गोर्खाली’को अन्तिम मञ्चनको तयारीमा

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology