नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको न्यायालय स्वच्छ र निष्पक्ष दुवै हुन नसकेको बताउनुभएको छ । नेपाल बारका पदाधिकारी तथा सदस्यहरुसँग मंगलबार आफ्नै निवास बालकोटमा छलफल गर्नुहुँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
न्यायदिने सर्वोच्च थलो सर्वोच्च अदालत भएकाले निश्पक्ष र स्वच्छ हुनुपर्छ उहाँले भन्नुभयो । “स्वच्छ र निष्पक्ष न्यायालयले मात्र सही न्याय दिनसक्छ” उहाँले भन्नुभयो । तर न्यायलय स्वच्छ र निष्पक्ष हुन नसकेको उहाँले टिप्पणी गर्नुभयो । न्यायमूर्तिहरु निष्पक्ष भएमात्र न्यायालय स्वच्छ हुने पनि उहाँले बताउनुभयो ।
प्रधानन्यायाधीशको बहिर्गमन प्रस्थानविन्दु मात्र भएको अन्त्य नभएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “सरकार बनाउने काम संसदको हो, तर संसदले थाहा नपाएरै सरकार गठन भयो, कहाँ निष्पक्ष काम भयो ?” नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाउने कुरा गरे पनि त्यो दर्ता कसरी हुन्छ ? जिज्ञासा राख्नुभयाे । न्यायपालिकालाई कानुनअनुसार औंला ठड्याउन रोक लगाएको पनि उहाँले स्मरण गर्नुभयो । luxcompanions.com.au
लोकतान्त्रिक मूल्य मान्यता, न्यायिक मूल्य मान्यताले देश चल्नुपर्ने चर्चा गर्नुहुँदै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभयो, “सर्वोच्च अदालतले संविधानको व्याख्या गर्ने हो कि संशोधन गर्ने हो ? संविधान संशोधन गर्न सर्वोच्चले पाउँदैन तर राजनीतिक विषयमा प्रवेश गरेको छ ।” प्रधान न्यायाधीश, न्यायाधीशहरु सबै सच्चिन आवश्यक रहेको उहाँले बताउनुभयो ।
समाचार गोरखापत्र अनलाइन छ























प्रतिक्रिया दिनुहोस्