रोटरी क्लब अफ काठमाडौं मिडटाउन र रोटरी क्लब अफ मकवानपुरको संयुक्त आयोजना मंगलबारबाट आँखा शिविर भएको छ ।
निःशुल्क चलेको शिविरमा मंगलबार रौतहट र सिन्धुलीमा ३ सय ९० जनाको आखा परिक्षण गर्दा ७३ जना बुधबार सर्लाही र सिन्धुलीमा ३ सय ८८ जनाको आँखा परिक्षण गर्दा ७६ जना मोतिबिन्दुका बिरामी भेटिएका थिए ।
त्यसैगरी बिहीबार मकवानपुरको कैलाश र रौतहटमा भएको शिविरमा ४१० जनाको आँखा परिक्षण गरिएको थियो ।
त्यसमध्य ७४ जनामा मोतिबिन्दु भेटिएको कार्यक्रम संयोजक अञ्जनी पराजुलीले बताएकी छन् ।
कार्यक्रम संयोजक पराजुलीले जानकारी दिए अनुसार मकवानपुर, रौतहट, सिन्धुली र सर्लाहीमा भएको शिबिरबाट २२३ जना मोतिबिन्दुका बिरामी भृेटिएका हुन् । मोतिबिन्दुका बिरामीको यही मिति फगुन १९ र २० गते हेटौंडा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया हुने छ ।
उनीहरुको यातायात, खाने बस्ने सम्पुर्ण खर्च रोटरी क्लबद्धारानै व्यवस्था गरिने भएको हो ।
शिविरमा हेटौंडा आँखा अस्पतालले प्राविधिक सहयोग गरेको हो ।
रोटर्याक्ट क्लब अफ मकवानपुरले पनि आवश्यक सहयोग गरेको छ ।























प्रतिक्रिया दिनुहोस्