हेटौंडा । नवलपरासी जिल्लामा बेवारिसे अवस्थामा लाश फेला परेको छ । नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर–१ मा १ जना पुरुषको लाश फेला परेको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी नायब निरीक्षक बरजीत कामीको नेतृत्वमा खटिएको ५ जनाको प्रहरी टोलीले नाम थर र वतन नखुलेको अञ्दाजी ३५ वर्षीय पुरुष अचेत अवस्थामा ढलिरहेको खबर प्राप्त हुनसाथ घटना स्थलमै पुगेका प्रहरीले जानकारी दिएको छ ।
थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नारायण थापाको नेतृत्वमा एसओएस सहित ५ जनाको टोली खटेर लाशको प्रकृति मुचुल्का समेतको गरेर मृतकको लाश पोष्टमार्टम तथा सनाखतको लागि पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा राखिएका छ ।



























प्रतिक्रिया दिनुहोस्