बागमती प्रदेशको राजधानी हेटौंडामा जारी दोस्रो नागस्वती भेट्रान्स फुटबल राष्ट्रिय रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिताको पहिलो खेलमा चितवन भेट्रान्स सेमिफाइालमा प्रवेश गरेको छ ।

 

बिहीबार हेटौंडा–७ नागस्वती स्थित नवज्योति मैदानमा  जारी क्गेल आज हटिया १६ रङ्गशालामा भएको हो।

पहिलो क्वाटर फाइनल खेलमा चितवन भेट्रान्सले जोरपाटी भेट्रान्स काठमाडौंलाई २–१ गोल अन्तरले हराउदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

चितवनको तर्फबाट पहिलो हाफको ८औँ मिनेटमा रविन्द्र श्रेष्ठले १ गोल गरे । त्यस्तै जोरपाटी भेट्रान्सको तर्फबाट रन्जित लामाले पेनाल्टी हान्ने मौका पएर १ गोल गरेका हो भने चितवनको तर्फबाट दोस्रो हाफको ४३ औँ मिनेटमा चण्डीका चौधरीले निर्णायक गोल गर्दै टिमलाई सेमिफाइनलमा प्रवेश गराउन सफल भएका थिए ।

चितवनका खेलाडी प्रेम बहादुर गुरुङ्ग खेलको म्यान अफद म्याच बन्न सफल भयो ।

अहिले एन आर टी भेट्रान्स काठमाडौ र बगरभाइ भेट्रान्स पोखरा बिच प्रतिस्पर्धा भइहेको छ ।

 

प्रतियोगिताको विजेता समुहले नगद २ लाख १ हजार र उपविजेतालाई एक लाख १ हजार नगद सहित शिल्ड पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा फाइनल गेमम असोज२० गते हुने छ ।