Rato Samachar
Tue, 29 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

धौवादी फलाम खानीको उत्खनन गर्न माग

प्रतिनिधिसभाको आजको बैठकमा नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने धौवादी फलाम खानीको उत्खनन प्रक्रियालाई तत्काल अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराइएको छ । सो उद्योग सञ्चालनमा सरकारले कम्पनी नै स्थापना गरिसकेको छ । सरकारले गराएको अध्ययनबाट सो फलाम खानीमा १५ करोड मेट्रिक टन बराबरको फलाम रहेको छ । उक्त मात्राको फलाम नेपालले मात्रै प्रयोग गरेको खण्डमा ७० वर्षका लागि पुग्छ । फलामको गुणस्तरसमेत राम्रो रहेको चीनमा गरिएको अध्ययनबाट स्पष्ट भएको छ । दैनिक एक हजार ५०० मेट्रिक टन बराबरको फलाम निकाल्न सकिन्छ । खानी सञ्चालनका लागि १२५ मेगावाट बराबरको बिजुली आवश्यक पर्छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद तिलबहादुर महतले सो खानी क्षेत्रमा पुग्ने पहुँचमार्ग निर्माणको काम प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको भन्दै गुनासो गर्नुभयो । उहाँले व्यापार घाटा कम गर्नका लागि पनि फलाम खानी तत्काल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभयो । नेपालमा वार्षिक रु एक खर्ब ४० देखि रु एक खर्ब ५० अर्ब बराबरको फलाम आयात भइरहेको तथ्य पेस गर्दै उहाँले तत्काल खानी सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद गिरीराजमणि पोखरेलले खानीपानीको भण्डार चुरेमा भइरहेको अतिक्रमण तथा वन फँडानीका कारण जनजीवन प्रभावित भएको बताउनुभयो । बालुवा र क्रसर सञ्चालकका कारण समस्या पैदा भएको उहाँले उल्लेख गर्नुभयो । मधेस प्रदेशमा हुने बाढी तथा पहिरोजन्य प्रकोपको मात्रामा वृद्धि भएको भन्दै सांसद पोखरेलले वातावरणको संरक्षणमा विशेष जोड दिनुपर्ने धारणा राख्नुभयो । उहाँले चुरेको दोहनमा वृद्धि हुँदै जाँदा तराई मधेस क्षेत्रमा मरुभूमिकरणको जोखिम बढ्दै गएको बताउनुभयो । यस वर्ष पनि चुरे क्षेत्रमा कम वर्षा हुँदा धान रोपाइँसमेत अपेक्षित रुपमा हुन नसकेको तथ्य पेस गर्दै उहाँले चुरेको सवाल देशकै सवाल हुनुपर्ने बताउनुभयो । चुरे संरक्षण गुरुयोजना बने पनि एकीकृत ऐन नबन्दा लगानीको विस्तार हुन नसकेको उहाँले उल्लेख गर्नुभयो । सांसद सरलाकुमारी यादवले नेपालको शैक्षिक प्रणाली र चिकित्सा शिक्षा ऐनको कार्यान्वयनका देखिएको समस्या समाधानका लागि आग्रह गर्नुभयो । उहाँले देशभित्रै सरल मूल्यमा चिकित्सा शिक्षाको अध्ययन गर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद तेलुलाल चौधरीले सङ्घीय निजामती ऐन तत्काल पारित गर्न माग गर्नुभयो । सांसद रेणुका गुरुङले सैनिक विशेष अदालतमा हुने मुद्दाको सुनुवाइ प्रभावकारी हुनुपर्ने तथा फछ्र्यौट प्रक्रियालाई सहज तथा सरल बनाउन आग्रह गर्नुभयो । सांसद अनिलकुमार झाले पनि चुरे क्षेत्रको दोहनका कारण नदीको क्षेत्रमा विस्तार भएको भन्दै त्यसको नियन्त्रणका लागि सरकारले विशेष ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । सांसद प्रेम सुवालले कञ्चनपुरका विभिन्न स्थानमा सीमा अतिक्रमण भएको पाइएकाले तत्काल सीमामा देखिएको समस्या समाधान गर्न र नेपाली सीमा क्षेत्र व्यवस्थित गर्न माग गर्नुभयो । सांसद निरुदेवी पालले कञ्चनपुरको मझगाउँ विमानस्थलको काम तत्काल अगाडि बढाउन सरकारको ध्यानकर्षण गराउनुभयो । सांसद बहादुरसिंह लामाले जग्गा वर्गीकरणका नाममा नागरिकले आफ्नो जग्गा जमिन धितोमा राखेर पनि ऋण लिन नपाएको तथा समस्या भोग्नुपरेको भन्दै तत्काल समस्या समाधान गर्न माग गर्नुभयो । सांसद गजेन्द्र महतले एउटा कुखुराको चल्ला हराउँदा खोजी हुने गरे पनि एम अधिकारी को हुन् भन्ने बारेमा हालसम्म पनि खोजी हुन नसकेकामा गुनासो गर्नुभयो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै एम अधिकारी भएको भन्दै विद्यार्थी तथा युवाहरुले आन्दोलन गरिरहेका छन् । नेकपा (एमाले)को अर्थ तथा योजना विभागका सदस्य रहेका एम अधिकारी हराइरहेको भन्दै उहाँले खोजी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद राजबहादुर बुढाले आफ्नो जिल्लामा भइरहेको शान्तिसुरक्षाको अवस्थामा खलल हुने गरी भइरहेको गतिविधिका बारेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद राजेन्द्रकुमार केसीले शून्य र विशेष समयमा सांसदहरुले बोलेका कुनै पनि कुराको सुनुवाइ नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभयो । उहाँले सांसदहरुले बोल्नका लागि मात्रै बोल्नु परेको जस्तै भएको भन्दै उहाँले दक्षिणकाली–बल्खु सडकमा देखिएको समस्या समाधान गर्न माग गर्नुभयो । सांसद आशाकुमारी विकले बझाङका विभिन्न स्थानमा अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको भन्दै तत्काल पीडितलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न र स्थानीय सडक निर्माणमा भएको बदमासी गर्ने निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो । सांसद नरबहादुर धामीले कैलालीको गेटामा मेडिकल विश्वविद्यालय स्थापना गर्न कुन विषयले रोक्यो भन्दै प्रश्न गर्नुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology