ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले दुई वर्षभित्रै सबै घरमा पर्याप्त विद्युत् उपलब्ध हुने बताएकी छिन ।
अहिले करिब ९५ प्रतिशत जनताका घरमा विद्युत् पुगेको भन्दै उनले अब दुई वर्षभित्रै सबै घरमा चाहिएजति विद्युत् उपलब्ध गराउने गरी सरकारले तिब्र रुपमा काम गरिरहेको बताएकि छिन ।
रुपन्देहीको मैनहियामासोमबार बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन उद्घाटन गर्दै भुसालले सबैले विद्युतीय उपकरण प्रयोग गर्नुपर्ने भन्दै यातायात, सिँचाइ लगायतका क्षेत्रमा पनि अव विद्युतीय साधनको प्रयोग गर्न जरुरी रहेका बताइन ।
सरकारले प्रयोग गरेर बढी भएको बिजुली भारत र बङ्गलादेशमा बिक्री गरिने योजना बनाएको छ भने अहिले भारतमा बिजुली निर्यात समेत भैरहेको छ ।
उनले विद्युतीय सवारीका लागि सरकारले नै चार्जिङ स्टेशन बनाउने भन्दै बिजुली सवारी किन्न अनुरोध गरेकी छिन् । नेपाल विद्युत् प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसन सम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइन निर्माण सम्पन्न गरेको छ । सरकारले सिँचाइका लागि प्रयोग हुने विद्युत् महशुलमा ७५ प्रतिशत कटौती गरेको भन्दै भुसालले किसानलाई यसले राहत पुगेको बताइन ।
बिजुलीको प्रयोगले मात्रै पनि उत्पादनमा ठूलो योगदान पुग्ने उनको धारणा थियो । प्रसारण लाइनको निर्माणसँगै करिब दुई सय मेगावाट विद्युत् प्रवाह हुनसक्ने पूर्वाधार तयार भएको छ भने सबस्टेसनमा ४५ एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर र ३३- ११ केभी, १६ एमभिए पावर ट्रान्सफर्मर छन् ।























प्रतिक्रिया दिनुहोस्