जनस्वास्थ्य कार्यालय मकवानपुरले विषालु च्याउबारे जानकारी दिनका लागि हेटौंमा सञ्चारकर्मीहरु सँग अन्तरक्रिया गरेको छ ।
विहिबार हेटौंडा–५ स्थित ग्रामीण महिला सेवाकेन्द्र को सभाहलमा कार्यक्रमको आयोजना गर्दै सचेनतामुलक अन्तरक्रिया गरेको हो।
गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान, पोखराका वैज्ञानिक एवं च्याउ विशेषज्ञ डा. शिव देवकोटाले नेपालमा पाइने विषालु च्याउबारे सहजीकरण गरेका हुन् ।
विषालु च्याउको पहिचान र प्रयोग न्यूनीकरणका लागि अभियान सञ्चालन गर्न थालेको र मकवानपुरको राक्सिराङ, कैलाश र भीमफेदी गाउँपालिकाको विभिन्न स्थानमा विषालु च्याउको प्रयोगविरुद्ध अभियान सञ्चालन गरेको बताए ।
नेपालमा एक हजार २९२ प्रजातिका च्याउ पाइने उल्लेख गर्दै १५९ प्रजातिका च्याउ मात्रै खानयोग्य रहेको जानकारी र सय प्रकारका च्याउ एकदमै विषालु रहेको उनको भनाइ छ ।
विषालु च्याउको सेवनपछि ६ घण्टाभित्र त्यसको लक्षण देखिने भएकाले समयमै लक्षणको पहिचान गर्न नसकेर अस्पताल पु¥याउन नसक्दा मृत्यु भएको उनको भनाई छ ।
डा.देवकोटाले बताए अनुसार च्याउ उम्रिएको स्थान र बाहिरी आवरणबाट विषालु हो कि होइन भनेर चिन्न सकिने बताए ।





















प्रतिक्रिया दिनुहोस्