Rato Samachar
Fri, 30 October, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

खजुरामा मानव बेचबिखनविरुद्धको अभियान

  • मानव बेचबिखनको विरुद्ध बाँकेको खजुरा गाउँपालिकाले अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि गाउँपालिकाले सरोकारवालासँग समन्वय गरी सचेतना लगायतका विभिन्न काम गर्न लागेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष डम्बर विकले समुदायमा जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने, हराएका तथा बेचबिखनमा परेका महिला तथा बालबालिकाको खोजतलासलाई तीव्रता दिने, आवासीय विद्यालयलाई उद्धार गरिएका बालबालिका राख्ने वातावरण मिलाउनेलगायतका तयारी गाउँपालिकाले गरेको बताउनुभयो । उहाँले भन्नुभयो “मानव बेचबिखनको जोखिममा रहेका र पीडित तथा प्रभावित परिवारलाई रोजगारीको पहिचान गरी रोजगार दिने काम पनि गाउँपालिकाबाट आगामी दिनमा गरिने छ । ” खजुरामा रहेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिले खजुरा मानव बेचबिखनको उच्च जोखिममा रहेको जनाएको छ । गाउँपालिकाको महिला बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले अभियानले मानव बेचबिखन जोखिम हुन नदिन सहयोग पुग्ने बताउनुभयो । माइती नेपाल नेपालगञ्जको तथ्याङ्कानुसार बाँके जिल्ला लुम्बिनी प्रदेशमै मानव बेचबिखन जोखिम हुने प्रमुख जिल्लाका रूपमा परेको छ । जिल्लामा बितेको एक वर्षमा हराएका महिलाको खोजतलासका लागि एक सय ३१ जनाको निवेदन परेकामा ४९ फेला परेको सो सस्थाले जनाएको छ । फेला परेका ११ जनालाई माइती नेपालले उद्धार गरिसकेको छ । यसमा कोहलपुरका एक, बैजानाथका दुई, खजुराको एक र नेपालगञ्जको एक गरी बाँकेका पाँच जना छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

हेटौंडा-१५सेल्फी डाँडा नजिक २ महिना अघि मृत अवस्थामा भेटिएको महिलाको पहिचान खुल्यो

कांग्रेस महाधिवेशन: प्रतिनिधि बनिन् १८ वर्षकी अभिप्सा पौडेल

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

लोकप्रिय

1

मुख्यमन्त्री थापाले प्राप्त गरे विश्वासको मत

2

बजाजको विद्युतिय दुई नयाँ मोडल स्कुटर सार्वजनिक

3

Emerging Trends in Digital Slot Gaming: An Industry Analysis

4

Fundierte Analyse der Online-Glücksspielbranche: Regulierung, Betrugsschutz und Nutzervertrauen

5

Innovazione e Sostenibilità nella Chimica Industriale: La Digitalizzazione al Servizio della Ricerca

6

सरकारी स्वामिकत्वमा रहेका मिडियालाई मात्र सूचना तथा विज्ञापन दिने सरकारको नयाँ नीति प्रति मकवानपुरका पत्रकारहरु असन्तुष्टी, विज्ञापन नीतिमा समस्या भए नियमन गरेर लैजान सुझाव

रोहित थापा क्षेत्री
7

रास्वपाका सभापति रवि लामिछाने हेटौंडामा आइपुगे, घण्टी बजाएरै कार्यक्रमको उद्धाटन गरे

8

प्रलोपाबाट मकवानपुर क्षेत्र–१ मा उप्रेती र मकवानपुर क्षेत्र–२ मा विष्टको उम्मेद्वारी

रातो समाचार संवाददाता
9

Vavada Casino

10

सामाजिक सञ्जाल TikTok मार्फत अफवाह फैलाउने दुई युवक नियन्त्रणमा

रातो समाचार संवाददाता


भर्खरै

हेटौंडामा बजाजको बबाल “झ्याम्मै एक्सचेञ्ज मेला” अफर

हेटौंडामा जारी जनप्रवाह कप फुटबल प्रतियोगिताको उपाधि आभाषलाई

हेटौंडा बचत तथा ऋण सहकारीको २७औं बार्षिक साधारण सभा सम्पन्न

मकवानपुरगढी गाउँपालिकामा दास्रो साइमन योन्जन स्मृति फुटसल प्रतियोगिता हुँदै

हेटौंडा बचत तथा ऋण सहकारीको २७औँ वार्षिक साधारणसभा हुने

बाढीपछि भग्नावशेषमा बितेका १० दिन : उद्धारसँगै मानवताको खोजी

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology