। कहिले कही नपत्याउँदो खोलाले बगाउँदो रहेछ भन्ने कुरा अभिनेता अक्षय कुमारले बताएका छन् । फिल्म कश्मिल फाईलहरुलाई उनले एउटा बृत्तचित्र शैलीको सामान्या फिल्मको रुपमा लिएका थिए । सोही कारण गत साता अक्षय कुमारको फिल्म बच्चन पान्डे र अनुपम खेर, मिथुन अभिनित फिल्म कश्मिल फाईलहरु एकै दिन रिलिज भयो ।

कश्मिर फाईलहरु फिल्म यती धेरै सफल भयो की अक्षय कुमारको फिल्म बच्चन पाण्डेले यतीबेला ठुलो असफलता भोग्नु परेको छ । बिगत आधा दशक यताकै ठुलो असफलता फिल्म बच्चन पाण्डेबाट अक्षय कुमारले अहिले भोगिरहेको छ । उनलाई यसपटक फिल्म कश्मिर फाईलहरुबाट ठुलो घाटा भएको छ ।

फिल्म कश्मिर फाईलहरुले १० दिनमा भारतीय बक्स अफिसमा १६७.४५ करोडको व्यापार गरेको छ । जबकी यो १० दिनमा अक्षय कुमारको फिल्म बच्चन पान्डेले मात्र ३७ करोडको व्यापार गरेको छ । अक्षय कुमारका पछिल्ला सबै फिल्मले प्राय १०० करोडको व्यापार गर्दै आएका थिए । उनका पछिल्लो फिल्महरु चलेनन भन्दा पनि ७० करोड भन्दा माथिको व्यापार गर्न सफल भएका थिए ।

तर यसपटक कश्मिर फाईलहरुले उनको फिल्म बच्चन पान्डेलाई पूर्ण रुपमा धरासायी तुल्याएको छ । आफुले साचेको भन्दै कश्मिर फाईलहरु फिल्म धेरै राम्रो भएका कारण सो फिल्मले राम्रो व्यापार गरेको कथन यी अभिनेताको छ । यो फिल्मको सफलताको उनले प्रसँसा समेत गरेका छन् ।यो समाचार राजधानिबाट साभार गरिएको हो