हेटौंडा । हेटौंडामा जारी अन्तर क्लबस्तरीय ८ ए साइट फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा जीत निकाल्दै आयोजक नागस्वती युथ क्लब ए फाइनलमा प्रवेश गरेको छ । शुक्रबार हेटौंडा–७,स्थित नवज्योति माध्यमिक विद्यालयको खेलमैदानमा भएको सेमीफाइनल खेलमा आयोजक नागस्वती ए ले जीतपूर सिमरा उपमहानगरपालिकाको सीमरा भेट्रान्सलाई १–० गोलले पराजित गरेको छ । खेलको दोस्रो हाफामा छिरिङ लामाले निर्णायक गोल गर्दै टिमलाई जीत दिलाएका हुन् । खेलको म्यान अफ द म्याच छिरिङ लामनै घोषित हुँदै नगद पुरस्कार प्राप्त गरेका छन् । यस अघि भएको खेलमा पनि छिरिङ नै म्यान अफ द म्याच घोषित भएका थिए । उनी हेटौंडा फुटबल एकेडेमीका खेलाडी हुन् ।
उनले गत वर्ष छिमेकी मुलूक भारतमा ७८ औं इन्डिपेन्डिङ्ग डेको अवसरमा आयोजित फुटबल प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शनी गरेका थिए । क्वार्टरफाइनल र सेमीफाइनल चरणको खेलमा छिरिङकै उत्कृष्ट प्रदर्शनीमा आयोजक नागस्वती युथ क्लबले ए ले जित निकालेको छ । शुक्रबार सम्पन्न भएको पहिलो सेमीफाइनल खेलमा जीत निकाल्दै आयोजक नागस्वी युथ क्लब बी को टिम पनि फाइनलमा प्रवेश गरिसकेको छ । अब आज शनिबार हुने फाइनल खेलमा उपाधिका लागि आयोजक ए र आयोजक बी को टिमबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७ को प्रयोजनमा भएको प्रतियोगिता ३० वर्ष भन्दा अधिक उमेर समूहका खेलाडीहरुले सहभागिता जनाउन पाउनेगरी अयोजना गरिएको हो । प्रतियोगितामा १६ वटा टिमहरुको सहभागिता रहेको थियो ।प्रतियोगिताको उपाधि विजेता टिमले एकलाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याच र विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।























प्रतिक्रिया दिनुहोस्