रोशन दिप – बागमती गाउँपालिकाको वडा–४, झुरझुरे स्थित सहिद स्मृति रङ्गशालामा शनिबारबाट ७औँ संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको सुरु भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले उद्घाटन गरे। उद्घाटनको क्रममा उनले आफुलाई खेल क्षेत्र आफ्नो रूचिको विषय भएकोले यस क्षेत्रको विकास गर्ने कार्यमा आफु सधैँ तत्पर रहने बताए ।

सर्लाहीको बागमती युथ क्लबले उद्घाटन खेलमा विजयी सुरुवात गरेको छ ।

बागमती युथ क्लबले आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिलाई १–० गोलको अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो ।

विमल घिसिङले निर्णायक गोल गर्दै बागमतीलाई जिताएका हुन् । घिसिङ म्यान अफ द म्याच घोषित भए । उनले ट्रफी सहित नगद १० हजार प्राप्त गरे ।

१० टिमको सहभागिता रहेको प्रतियोगितामा आइतबार भोली सशस्त्र प्रहरी बल एफपीएफ क्लब र हानामी बीच खेल हुनेछ ।