हेटौंडा उपमहानगरपालिका—१२ मा मंसिर १६ गते हुने वडाध्यक्ष पदको उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार गएको स्थानीयतहको निर्वाचन २०७९ मा ६ हजार ४६५ मतदाता थिए भने करिब ६२ प्रतिशत मत खसेको थियो ।

सम्पन्न निर्वाचनमा वडाअध्यक्ष बनेका ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि हेटौंडा–१२ को अध्यक्ष पद रिक्त रहेको थियो ।

यसपटक  जिल्ला प्रशासनले जनाए अनुसार करिब ८ हजार माथि मतदाता छन्। जसमा ३ हजार ८७८ पुरुष र ४ हजार १७४ महिला मतदाता छन् ।

यसैविच आइतबार १५ गते हेटौंडा १२ मा हुने मतदानलाई भयरहित वातावरणमा सम्पन्न गराउन शान्ति सुरक्षा व्यावस्थालाई कडा गरिरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताएका छन् ।

आइतबार बिहान ७ बजेबाट मतदान सुरु हुनेछ भने अप्रान्नह ५ बजे सम्म मतदाताहरुले मतदान गर्न पाउने बताए ।

मतदानस्थलमा मतपत्र र मतपेटिका तथा अन्य सामग्रीहरु पुर्याइसकेसंगै प्रतिभा आधारभूत विद्यालय सिक्रेनी र विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा गरि २ वटा मतदानस्थल रहेको प्रमुख जिल्ला अधिकारी चिलुवालले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी चिलुवालले दिएको जानकारी अनुसार प्रतिभामा ५ वटा मतदान केन्द्र र विष्णुज्योतिमा ४ वटा गरी कुल ९ वटा मतदान स्थल रहेको छ ।

सुरक्षाका लागि सुरक्षाकर्मी अधिक जनशक्ती परिचालन गरेर बिभिन्न स्थानमा नाका सिल गरि मतदाता र आवाश्यक व्यक्ती भन्दा अन्यलाई हेटौंडा १२ भित्र मतदान समय अवधीभर प्रवेस निषेध गरिने बताए ।

सवारी साधान प्रयोग कर्ताले अतिआवाश्यक बाहेकलाई निषेध गरिएको र प्रशासनको पास बाहेकका सवारी साधान समेत हेटौंडा १२ तर्फ मतदान अवधीभरचलाइन रोक लगाइने बताए ।

निर्वाचनलाई भयरहित बनाउन वडाको हरेक नाकामा प्रहरी परिचालन गरेर सुरक्षाको व्यवस्था कडा गरिसकेको बताउदै भयरहित भएर  मतदान गर्न मतदातालाई प्रजिअ चिलुवाललेआग्रह गरे ।

………………………………………..

यसपटक वडा अध्यक्ष पदका लागि १२ जना उम्मेदवार मैदानमा छन् ।दलबाट ९ जना र स्वतन्त्र ३ जना चुनावी मैदानमा रहेका हुन् ।नेकपा माओवादी केन्द्रका रविकुमार प्रधान (रविन)  एमालेका राजेश नगरकोटी, कांग्रेसका अर्जुनप्रसाद तिवारी, राष्ट्रिय स्वतन्त्र पार्टीका आशावीर बल, राप्रपाका प्रेमबहादुर भोलन, जसपाका छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशकी दीपा लामा, नेमकिपाकी फूलमाया तितुङ र एकीकृत समाजवादीका बलराम बल छन् ।
स्वतन्त्रबाट अर्जुन घलान, गीताकुमारी नेवार र छत्रप्रकाश अधिकारी चुनावी मैदानमा होमिएका हुन् ।