स्थानिय तहको निर्वाचन २०७९मा हेटौंडा उपमहानगरपालिका वडा नम्वर–११ मा निर्वाचित वडाध्यक्ष जुना दाहालले खानेपानीको समस्या समाधान देखि बिभिन्न कार्यहरु गरिने बताएकी छन्।
जनताले दिएको मतले विजयी भएकाले जनताको अपेक्षा विश्वास अनुसार काम गर्दै जाने र जटिल समस्यामा खाने पानीको तत्काल व्यस्थामा पहल गर्ने बताईन्।
उनलेवडामा कृषिमा अनुदानको पहल गर्ने, शैक्षिक र पर्यटकिय क्षेत्रको बिकास गर्ने देखि हर समस्या समाधान गर्ने बताएकी हुन् ।
नेकपा एमालेको उम्मेदवार जुना दाहालले १ हजार ५ सय १४ मतसहित विजयी भएकी हुन् ।
उनको प्रतिद्धन्दि गठवन्धनको तर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका मधु कुमार थापा मगरले १ हजार७९,स्वतन्त्रका अक्कल बहादुर रोक्काले ६सय९३ र राप्रपाका राधाकृष्ण बजगाईले१सय ७९मत प्राप्त गरेका थिए ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर–११ मा निर्वाचित वडाध्यक्ष जुना दाहालले के के भनिन् त ?
जानकारीका लागि तल भएको भिडियो हेर्नुहोस् ।























प्रतिक्रिया दिनुहोस्