बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरूले चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिएका छन् ।

राजनितिमा रहेका व्यक्तीहरुले पदका लागि आफ्ना योजना सुनाउदै उम्मेदवारी दिएका छन् भने आफुले गर्ने कार्ययोजना अघि समेत सारेका छन् ।

यसैक्रममा हेटौंडा उपमहानगरपालिकाको २ नम्बर वडामा नेपाली कांग्रेसबाट विष्णुगोपाल महर्जनले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

व्यावसायिक संघ, संस्थामा आवद्ध रहेर काम गरेका महर्जनले सामाजिक सेवा समेत गर्दै आएर गरेको र वडालाई समृद्ध वडाको रुपमा विकास गर्ने योजना सहित उम्मेदवारी दिएको बताए ।

हेटौंडा उपमहानगरपालिकाबाटै सेवानिवृत्त इन्जिनियर समेत रहेका महर्जनले उम्मेदवारी दर्तापछि पार्टीभित्र धेरै आकांक्षी भएतापनि पनि पार्टीले विश्वास गरेर टिकट दिएकोमा पार्टीको बिधि र बिधानमा रहेर जनताको हकहितमा काम गरि पार्टी र जनताको मन जित्ने प्रतिवद्धता जनाए ।

लामो समय कम्युनिष्ठ आस्थामा रहेका महर्जनले केही समय अघाडी कांग्रेस प्रवेश गरेका थिए भने पार्टीले गरेको विश्वासको जित हुनेमा ढुक्क रहेको बताउछन् ।