हेटौंडा । लोक सेवाको तयारी कक्षाका लागि हेटौंडा अभिमूखीकरण कार्यक्रमा गरिएको छ । मंगलबार हेटौंडा–४,स्थित रोयल पार्टी प्यालेसमा लोक सेवा तयारी कक्षा सम्बन्धी अभिमूखीकरण कार्यक्रम भएको हो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा लोक सेवा तयारी कक्षाको विषयमा, तयारीका योजना बनाउने तरिका, लोक सेवा प्रक्रियामा कसरी सहभागी विषयमा सहभागीलाई जानकारी गराइएको थियो । अभिमूखीकरण कार्यक्रममा कुमार घिसिङले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन भएको हो । कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमती प्रदेश समितिका अध्यक्ष लिलाकुमार घलान, नेपाल मगर संघ मकवानपुरका सचिव भूपेन्द्र राना मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरका अध्यक्ष नवराज वाईबा, नेपाल तामाङ घेदुङ हेटौंडा उपमहानगरका सचिव सुवास लगायतको उपस्थिति रहेको थियो ।