सञ्जय लामा (टिम म्यानेजर हेटौंडा फुटबल एकेडेमी मकवानपुर)
लागू पदार्थको एउटा यस्तो कूलत हो । जसले म जस्ता कयौं, देशका कर्णधार युवा युवतीहरुको भविष्य अन्यौल बनाएको छ । सामाजिक वातावरण पारिवारिक कल्ह देखासिकी साथीभाइको दवाब नैराश्यता जस्ता विभिन्न कारणले हालको परिश्रममा लाखौं, करोडौं युवा युवती यसका शिकार बनेका छन् । म सञ्जय लामा पनि यी मध्य कुनै कारणले गर्दा लागू पदार्थको शिकार बनेको थिएँ । हुन त म मा पनि भावनाहरु थियो । कि आमा बाबुको जिम्मेवारी आफूले पनि केहि लिऊ घर परिवारमा गाह्रो साह्रो परेको अवस्थामा मद्दत गरौं तर म मा भएको कुलतको कारणले मैले लागू पदार्थ प्रयोग गरेर घर परिवार तथा समाजमा दुव्यवहार गरेँ ।
मेरो कारणले गर्दा मेरो परिवारको इज्जतमा दाग लागिरहेको थियो ।समाजले मेरो परिवारलाई मेरो कारणले नराम्रो नजरले हेर्ने गथ्र्यो । जबकी म एक जनाको कारणले मेरो परिवार तथा टोल छिमेकले समेत तनाव झेलिरहेको थियो । यी विभिन्न कारणले गर्दा मेरो परिवारले निक्कै चोट व्यवर्होरेको हुँदा मलाई एक असल व्यक्ति बनाउने उद्देश्यले मेरो व्यवहार परिवर्तन गर्न मकवानपुरको हेटौंडा फुटबल एकेडेमी (एचएफएं) नामका एक क्लबमा जिम्मा लगाउनुभयो ।
खुल्ला पंख भिजाएर उडेको चरालाई पिँज्डामा थुन्दा कस्तो महसुस हुन्छ ? हो मलाई पनि सुरु सुरुमा यस्तै महसुस भयो । विस्तारै यस हेटौंडा फुटत्रल एकेडेमी एचएफएको मद्दतले मलाई विगतको कुरप्रति घृणा उत्पन्न हुँदै गयो । मैले वास्तविक जिन्दगी के हो ? मेरो जिम्मेवारी कर्तव्य के हो? यी सबै प्रश्नको जवाफ यस हेटौंडा फुटबल एकेडेमी आएर थाहा पाएँ र सो कारणले गर्दा मैले कूलतसँग हारेर आत्मा सम्पर्ण गरेँ ।
जसको कारणले आज म एक जिम्मेवारी व्यक्तिको रुपमा समाजमा स्थापित हुने मौका पाएँ । म एक हेटौँडा फुटबल एकेडेमीमा हाल अहिले आएर टिम म्यानेजरको पदमा जिम्मेवारी सम्हालिरहेको छु। मलाई जस्तो अरु कसैलाई पनि मसहुस भनेर मेरो अनुभवलाई उदारेको छु। मैले आफूले भोगेको कुरालाई मानिसहरु माझ एउटा सकारात्मक सन्देश प्रभाव गर्नका लागि उतारेको हुँ । मानिसहरुले खेलमा लागेको कारणले गर्दा पनि दुव्र्यसनीबाट मुुक्त हुने गरेका छन् ।


















प्रतिक्रिया दिनुहोस्