झापा प्रहरीले लागुऔषध ब्राउनसुगर सहित १ जनालाई नियन्त्रणमा लिएको छ ।

लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले ईलाम माईजोगमाई गाउँपालिका वडा नं १ बस्ने २३  बर्षका जोसेफ थापालाई पक्राउ गरेको झापा प्रहरीले जनाएको छ ।

फागुन १५ गते बेलुकी ५ः ३० बजेको समयमा प्रहरी टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेका निजमाथि शंका लागी चेक चाँच गर्दा ब्राउनसुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ९नौ ग्राम प्लास्टिकमा पोको पारेको  फेला पारी नियन्त्रणमा लिएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार झापा जिल्ला अदालतको आदेश अनुसार ७ दिनको  म्याद थप गरी पक्राउ परेका व्यक्तीको विषयमा  कानुनी प्रकृया अगाडी बढाईएको छ।