Rato Samachar
Fri, 4 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार समाज

रूसी आक्रमणबाट यूक्रेनी आणविक केन्द्रको केही भागमा ‘गम्भीर क्षति’

यूक्रेनको जापोरिजझिया आणविक शक्ति केन्द्रका केही भागमा शुक्रबार भएको आक्रमणका कारण ‘गम्भीर रूपमा क्षति’ पुगेको यूक्रेनले जनाएको छ । आक्रमणका कारण उक्त आणविक केन्द्रको एक ‘रिएक्टर’लाई बन्द गर्न परेको यूक्रेनी आणविक केन्द्रका अधिकारीले शनिबार बताए । यूरोपको सबैभन्दा ठूलो परमाणु शक्ति परिसर, दक्षिण यूक्रेनको जापोरिजझिया आणविक केन्द्रमा शुक्रबार भएको आक्रमणले नाइट्रोजन, अक्सिजन र ‘सहायक भवन’ भएको स्टेशनलाई ‘गम्भीर रूपमा क्षतिग्रस्त’ बनाएको यूक्रेनी एनर्गोएटमले टेलिग्राम सन्देश सेवामा जानकारी दिएको हो । यस आक्रमणको लागि कीभ र मस्कोले एकअर्कालाई दोषारोपण गरेका छन् । आक्रमणले विद्युत केबुललाई क्षति पु¥याएको छ भने यसका कारण एउटा रिएक्टरको सेवा बन्द गर्नुपरेको छ । घटनास्थलमा ‘अझै पनि हाइड्रोजन र रेडियोएक्टिभ’ पदार्थ चुहिने खतरा रहेको र आगोको जोखिम पनि उच्च रहेको आणविक केन्दले जनाएको छ । “यो आक्रमणपछि उक्त आणविक केन्द्रलाई सुरक्षितरूपमा सञ्चालन गर्न गम्भीर खतरा उत्पन्न भएको छ ।” रूसी सेनाले आक्रमणको सुरुवातदेखि नै जापोरिज्हिया संयन्त्र कब्जा गरेका छन् र कीभले उनीहरूलाई त्यहाँ गह्रौं हतियारहरू भण्डारण गरेको आरोप लगाएको छ । तर मस्कोले भने युक्रेनी सेनालाई नै उक्त आणविक केन्द्रमाथि आक्रमण गरेको आरोप लगाएको छ । आक्रमण सम्बन्धमा युरोपेली संघले शनिबार रूसमाथि कडा निन्दा गरेको छ । यस समूहका वरिष्ठ कूटनीतिज्ञ जोसेप बोरेलले ट्वीटरमार्फत आक्रमणको निन्दा गर्दै लेख्नुभएको छ, “जापोरिजझिया आणविक विद्युत केन्द्र वरिपरि रूसको सैन्य गतिविधिको ईयूले निन्दा गर्छ ।” उहाँले भन्नुभयो, “यो आणविक सुरक्षा नियमहरूको गम्भीर तथा गैरजिम्मेवारपूर्ण उल्लङ्घन र अन्तरराष्ट्रिय मापदण्डप्रति रूसको बेवास्ताको अर्को उदाहरण हो ।” बोरेलले संयुक्त राष्ट्रको आणविक निगरानी, अन्तरराष्ट्रिय परमाणु ऊर्जा एजेन्सीलाई यस केन्द्रमा अनुगमनका लागि पहुँच प्रदान गनुपर्ने बताउनुभयो । आईएईएले केन्द्रको निरीक्षण गर्न हप्तौंदेखि एउटा टोली पठाउने प्रयास गर्दै आएको छ । यूक्रेनले यस प्रयासलाई अहिलेसम्म अस्वीकार गरेको छ । यूक्रेनले अन्तरराष्ट्रिय समुदायको नजरमा यस स्थलमा रूसको आधिपत्य रहेको दावी गर्दै आएको छ । रूसले भनेको छ, “रूसी आणविक केन्द्र सञ्चालक रोजाटमका कर्मचारीहरूले आक्रमण हुनुभन्दा केही समयअघि नै केन्द्र छोडेका थिए तर यूक्रेनी कर्मचारीहरू त्यहीं बसेका थिए र यो केन्द्रले अझै बिजुली उत्पादन गरिरहेको थियो ।” युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शुक्रबार जारी विज्ञप्तिमा भन्नुभएको छ, “यस केन्द्रमा भएको कुनै पनि विस्फोट निर्लज्ज अपराध हो, यो आतङ्कवादी गतिविधि हो ।” त्यसैगरी यूक्रेनी विदेश मन्त्रालयले ‘काम गर्ने रिएक्टरमा प्रहार गर्दा हुने सम्भाव्य परिणामहरू परमाणु बम प्रयोग गर्नु बराबर हो’ भनेको छ । —रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

हेटौंडा फुटबल एकेडेमीले फाइनल प्रवेशका लागि लाङ्जिङ ब्वाजसंग भिड्दै

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

सीतादेवी स्मृति फुटबल प्रतियोगिता, भोलि हेटौंडा फुटबल एकेडेमीले सिक्किम पुलिसको सामना गर्दै

माम्रिङ व्यवाइजको पोष्टमा साविक विजेता हेटौंडा फुटबल एकेडेमीले गर्‍यो गोलको वर्षा

लोकप्रिय



भर्खरै

रसुवा बाढीबाट सकुशल फर्किएका हेटौंडा–१५ का दुई युवालाई स्वागत

भोटेकोशी बाढीपीडितका कांग्रेस बागमतीद्धारा १० लाख ६६ हजार सहयोग

‘पार्वती’ पहिलो कमाई भोटेकोशी बाढी पीडित सरकारी उद्वार कोषमा

रसुवा बाढीपीडित प्रभावित: सहयोग संकलन अभियानमा हेटौंडा उपमहानगरका टोल विकास

रसुवा बाढी : संकलन वेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिने – चितवन प्रशासन

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 mail.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology